काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी एस २४ अल्ट्रा र जी सिरिजको मूल्य घटाएको छ । कम्पनीले भ्यालेन्टाइन सिजनलाई लक्षित गरी ग्यालेक्सी जेड सिरिजका फोल्डेबल वा ग्यालेक्सी एस २४ अल्ट्रा स्मार्टफोनको मूल्य घटाएको हो । साथै, बोनस फ्रि गिफ्ट अफर समेत रहेको छ ।
कम्पनीका अनुसार ग्यालेक्सी जेड फोल्ड ६, ग्यालेक्सी जेड फ्लिप ६ वा ग्यालेक्सी एस २४ अल्ट्रा (१२/२५६ जीबी) खरिद गर्दा २५ हजार रुपैयाँसम्म छुट पाउनेछन् । कम्पनीले जेड फोल्ड छको मूल्य २० हजार रुपैयाँ, जेड फ्लिप ६ को मूल्य १५ हजार रुपैयाँ र एस२४ अल्ट्राको मूल्य २५ हजार रुपैया घटाएको हो । साथै, ग्यालेक्सी जेड फोल्ड ६ को खरिद गर्दा पाँच हजार चार सय ९९ रुपैयाँ मूल्य रहेको क्लियर केस र ग्यालेक्सी जेड फ्लिप ६ को खरिदमा पाँच हजार चार सय ९९ रुपैयाँ मूल्य रहेको सिलिकन केस पनि निःशुल्क पाइने कम्पनीले जनाएको छ । यस्तै, सामसङ स्टोरहरूबाट सामसङ इनस्टा फाइनान्स सेवाबाट पनि यी फोनहरू खरिद गर्न सकिनेछ ।
ग्यालेक्सी जेड सिरिजका स्मार्टफोनहरूलाई १८ महिनासम्म र ग्यालेक्सी एस २४ अल्ट्रालाई १२ महिनासम्मको अवधिभित्र शून्य प्रतिशत ब्याजदरमा सजिलो ईएमआई उपलब्ध रहेको कम्पनीले जनाएको छ ।