काठमाडौं । एनएमबी बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाललाई थप विस्तार गर्दै माघ १४ गते आठबीसकोट, रुकुममा आफ्नो २०२ औँ शाखा उद्घाटन गरेको छ । उद्घाटन समारोह आठबीसकोट नगरपालिकाका नगरप्रमुख रवि केसी र एनएमबी बैंकका नायब महाप्रमुख प्रमोद दाहालको उपस्थितिमा सम्पन्न भएको हो ।
नयाँ शाखा सञ्चालनले आठबीसकोट क्षेत्रका स्थानीय समुदायलाई सहज, सुरक्षित र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ । व्यक्तिगत ग्राहक, व्यवसायी र स्थानीय संस्थाहरूको आवश्यकता सम्बोधन गर्न यो शाखाले महत्वपूर्ण भूमिका खेल्नेछ । यस शाखाले क्षेत्रीय आर्थिक गतिविधि र विकासलाई थप गति दिन सहयोग गर्ने विश्वास गरिएको छ ।
एनएमबी बैंकले वित्तीय पहुँचलाई सहज बनाउन देशका विभिन्न भागमा आफ्ना शाखा स्थापना गर्दै आएको छ । बैंकले आफ्ना सेवा सञ्जाललाई विस्तार गरी स्थानीय उद्यमशीलता र समुदायको आर्थिक सशक्तीकरणमा योगदान पुर्याउँदै आएको छ । आठबीसकोट शाखाको उद्घाटनले बैंकको सञ्जाललाई अझ बलियो बनाएको छ । बैंकले हाल देशभर दुई सय दुई वटा शाखा, एक सय ८६ वटा एटीएम र १० एक्स्टेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ ।