काठमाडौं, पुस ६
युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले शुक्रबार आफ्नो दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सभाले सञ्चालक समितिको तर्फबाट पेश भएको आ.व. २०७४/०७५ को वार्षिक प्रतिवेदन, आ.व. २०७४/०७५ को लेखा परीक्षणको प्रतिवेदन, वासलात तथा नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा नेपाल वित्तीय प्रतिवेदनबमोजिमको वित्तीय विवरण समेत स्वीकृत गरेको छ ।
यसैगरी आ.व. २०७५/०७६ का लागि लेखा परीक्षकको नियुक्ति तथा कम्पनीबाट सामाजिक उत्तरदायित्वअन्तर्गत भएका खर्चहरु समेत स्वीकृत गरेको छ । सभाले कम्पनीबाट सर्वसाधारणसमक्ष निष्काशन गरिने आईपीओ निष्काशनका लागि प्रक्रियागत कार्य अगाडि बढाउने सहमति प्रदान गरेको छ । आईपीओ निष्काशनका लागि यसअघि २०७४ कात्तिक १५ गते भएको प्रथम वार्षिक साधारणसभाले निर्णय गरिसकेको छ । कम्पनीले जारी पुँजी दुई अर्ब १५ करोड भएको सर्वसाधारणका लागि छुट्याएको ३० प्रतिशतका दरले हुन आउने ६४ करोड २० लाखको बराबरले हुन आउने ६४ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्नेछ ।