काठमाडौं । इलेक्ट्रिक सवारीसाधन (ईभी) वितरक कम्पनी सीजी मोटर्सले मधेश प्रदेशलाई केन्द्रित गर्दै वीरगञ्जमा अत्याधुनिक ब्रान्डहरूको विविध शृङ्खला लञ्च गरेको छ । कम्पनीले यस क्षेत्रमा मिनोल्टा इन्भेस्टमेन्ट प्रालिलाई आधिकारिक च्यानल पार्टनरको रूपमा नियुक्त गरी बजार विस्तार गरेको हो ।
कम्पनीका अनुसार वीरगञ्जमा विश्वप्रसिद्ध ईभी ब्रान्डहरू एभाटर, एक्सपेङ, नेटा, आयोन भी, आयोन वाई र रिडारा बिक्री वितरण हुनेछ । साथै, कम्पनीले सीजी केयर सर्भिस एप पनि सञ्चालनमा ल्याएको छ । कम्पनीले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, मिनोल्टा इन्भेस्टमेन्टका कार्यकारी निर्देशक राजेश अग्रवाल, सीजी मोटर्सका सीईओ÷डाइरेक्टर हेमन्त अग्रवाललगायतको उपस्थितिमा सो सेवा सञ्चालनमा ल्याएको हो ।