नयाँदिल्ली । दिल्ली विधानसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा) दुई तिहाई बहुमतसहित विजयी भएको छ । भारतीय निर्वाचनन आयोगले २७ सदस्यीय वधानसभामा भाजपाले ४८ सिट जितेको घोषणा गरेको छ । दिल्लीमा सरकार गठनका लागि ३६ सिट आवश्यक पर्छ । यससँगै भाजपाले दिल्लीमा २७ वर्षपछि सरकार बनाउने भएको छ ।
सत्तारुढा आम आदमी पार्टी (आप)ले २२ सिट जितेको छ । चनावमा पूर्वमुख्यमन्त्री एवं आपका प्रमुख अरविन्द केजरीवाल पराजित भएका छन् । उनी भाजपाका प्रवेश बर्मासँग पराजित भएका हुन् ।
चुनावमा भारतको संघीय संसद्को प्रमुख प्रतिपक्षी दल भारतीय नेसनल कंग्रेसले भने कुनै पनि सिट जित्न सकेन । सन् २०२०को विधानसभा चुनावमा आपले ६२ सिट जितेको थियो भने भाजपाले आठ सिट जितेको थियो ।