नयाँदिल्ली । भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले ब्याजदर छ दशमलव पाँच प्रतिशतबाट घटाएर छ दशमलव २५ प्रतिशतमा झारेको छ । आरबीआई गभर्नर सञ्जय मल्होत्राले गत शुक्रबार मौद्रिक नीति समिति (एमपीसी)मा गरिएका निर्णयहरूबारे जानकारी दिँदै रिपो दर घटाइएको बताएका हुन् ।
आरबीआईले यसअघि पाँच वर्षअघि सन् २०२० मेमा अन्तिम पटक रिपो दर शून्य दशमलव ४० प्रतिशतले घटाएर चार प्रतिशतमा झारेको थियो । त्यसपछि दुई वर्षसम्म स्थिर रहेको रिपो दर सन् २०२२ मे महिनादेखि बढाउन थालेको थियो । जुन सन् २०२३ मे महिनापछि भने ब्याजदर बढाउने क्रम रोकिएको थियो । सो एक वर्षको अवधिमा रिजर्भ बैंकले रिपो दर साढे दुई प्रतिशत विन्दु बढाएर साढे छ प्रतिशत पुर्याएको थियो ।