काठमाडौं । एफएमसीजी ब्रान्ड हाइलाइफ फुड्सले स्वस्थ जीवनशैली सुरु गर्ने अठोट र संकल्प लिएका सबैलाई प्रोत्साहित गर्दै ‘ट्रान्सफर्म विथ हाइलाइफ’ नामक रोमाञ्चक अभियान सार्वजनिक गरेको छ । यस अभियानमा सहभागीहरूलाई आकर्षक उपहारहरू तथा हाइलाइफका स्वस्थकर सामग्रीहरू जित्ने अवसर समेत प्रदान गरिने जनाइएको छ । स्वस्थ जीवनशैली र पौष्टिक आहारलाई प्रोत्साहन गर्दै हाइलाइफले द्विसाप्ताहिक चुनौतीहरू प्रस्तुत गर्नेछ, यसमा फिटनेस, सन्तुलित आहार तथा पौष्टिक जीवनशैलीसँग सम्बन्धित विभिन्न गतिविधिहरू समावेश रहनेछन् ।
पुसअप च्यालेन्ज, हेल्दी ब्रेकफास्ट च्यालेन्जजस्ता चुनौतीहरू पार गरेर कम्पनीको उपहारहरू जित्न सकिने छ । त्यसको लागि उक्त च्यालेन्जको भिडियो बनाएर आफ्नो फेसबुक वा इन्स्टाग्राममा ह्यासट्याग ट्रान्सफर्म विथ हाइलाइफ राखेर हाइलाइफको अभियानमा भाग लिन सकिन्छ ।
यस अभियानका बिजेताले जिम सबक्रिप्सन, फिटनेस वाच, जुम्वा क्लाससहित एक लाख रुपैयाँ पर्ने ट्रेडमिल समेत जित्ने मौका पाउने कम्पनीले जनाएको छ । यस अभियानमा संलग्न भएर केहीले आकर्षक उपहार समेत पनि जितिसकेको कम्पनीले जानकारी दिएको छ ।