काठमाडौं । मेटलाइफले आफ्नो फर्च्युन म्यागजिन २०२५ को ‘विश्वको सबैभन्दा प्रशंसनीय कम्पनीहरू’को सूचीमा पर्न सफल भएको घोषणा गरेको छ । उत्कृष्ट प्रतिष्ठित कम्पनीहरूको वार्षिक प्रतिवेदन कार्डमा आठ जीवन बीमा कम्पनीहरू समावेश गरिएको थियो ।
मेटलाइफका अध्यक्ष र सीईओ मिशेल खलाफले भने, ‘मेटलाइफको उद्देश्य हाम्रो रणनीतिक आधारशीला हो, जसले हामीलाई हाम्रा सबै सरोकारवालाहरूका लागि सेवा प्रदान गर्न मार्गदर्शन दिन्छ । यो सम्मानले देखाउँछ कि हाम्रो उद्देश्यप्रति साँचो रहँदा, हामी महत्वपूर्ण व्यावसायिक नतिजा प्रदान गर्न सक्छौँ र अझ विश्वस्त भविष्य निर्माण गर्ने हाम्रो परम्परालाई निरन्तर विस्तार गर्न सक्छौँ ।’
पछिल्ला २५ वर्षभन्दा बढी समयदेखि, फच्र्युुन र कर्न फेरिले सहकार्य गर्दै कर्पोरेट प्रतिष्ठाका आधारमा कम्पनीहरूको पहिचान र मूल्याङ्कन गर्दै आएका छन् ।