काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीतिबमोजिम ‘महालक्ष्मी कल सेन्टर’ सञ्चालनमा ल्याएको छ । बैंकिङ सेवाहरूको रुपान्तरणकारी परिवर्तनस्वरूप परम्परागतरूपमा उपलब्ध सेवाहरूमा थप विस्तार गर्दै यस्तो सेवाको सुरुवात गरेको हो ।
बैंकले सञ्चालनमा ल्याएको ‘महालक्ष्मी कल सेन्टर’बाट ग्राहक सहायतासम्बन्धी जानकारी प्रदान गर्ने, ग्राहकहरूको जिज्ञासा तथा गुनासोको सम्बोधन गर्ने, वित्तीय सेवासम्बन्धी जानकारी प्रदान गर्ने, डिजिटल बैंकिङसम्बन्धी आइपर्ने प्राविधिक समस्याहरूको सम्बोधन गर्ने, ग्राहकहरूबाट आउने उजुरीको अभिलेख राखी सोको निराकरणको लागि प्रक्रिया अगाडि बढाउने लगायतका कार्यहरू गर्नेछ । बैंकले एक निश्चित समयभित्र कल सेन्टरमार्फत आएका गुनासो/जिज्ञासा/उजुरीहरूको सम्बोधन गर्नेछ । यसअन्र्तगत ग्राहकहरूले फोन नम्बर ०१–५९७०९७३ मा सिधा सम्पर्क गर्न सक्नेछन् वा इमेल ठेगानामा इमेल गर्न सक्नेछन् । यसबाट ग्राहकहरूको समस्याहरूको व्यवस्थापन र समाधान गर्न सहज हुने तथा ग्राहक सेवा प्रणालीलाई अझ प्रभावकारीरूपमा सञ्चालन गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।
बैंकले हालै ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ ।काठमाडौं, माघ २९ । महालक्ष्मी विकास बैंकले ग्राहकलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीतिबमोजिम ‘महालक्ष्मी कल सेन्टर’ सञ्चालनमा ल्याएको छ । बैंकिङ सेवाहरूको रुपान्तरणकारी परिवर्तनस्वरूप परम्परागतरूपमा उपलब्ध सेवाहरूमा थप विस्तार गर्दै यस्तो सेवाको सुरुवात गरेको हो ।
बैंकले सञ्चालनमा ल्याएको ‘महालक्ष्मी कल सेन्टर’बाट ग्राहक सहायतासम्बन्धी जानकारी प्रदान गर्ने, ग्राहकहरूको जिज्ञासा तथा गुनासोको सम्बोधन गर्ने, वित्तीय सेवासम्बन्धी जानकारी प्रदान गर्ने, डिजिटल बैंकिङसम्बन्धी आइपर्ने प्राविधिक समस्याहरूको सम्बोधन गर्ने, ग्राहकहरूबाट आउने उजुरीको अभिलेख राखी सोको निराकरणको लागि प्रक्रिया अगाडि बढाउने लगायतका कार्यहरू गर्नेछ । बैंकले एक निश्चित समयभित्र कल सेन्टरमार्फत आएका गुनासो/जिज्ञासा/उजुरीहरूको सम्बोधन गर्नेछ । यस अन्तर्गत ग्राहकहरूले फोन नम्बर ०१–५९७०९७३ मा सिधा सम्पर्क गर्न सक्नेछन् वा इमेल ठेगानामा इमेल गर्न सक्नेछन् । यसबाट ग्राहकहरूको समस्याहरूको व्यवस्थापन र समाधान गर्न सहज हुने तथा ग्राहक सेवा प्रणालीलाई अझ प्रभावकारीरूपमा सञ्चालन गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।
बैंकले हालै ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ ।