काठमाडौं । राजधानीको बालुवाटारमा शनिबार आयोजना हुन लागेको स्पीड फेस्ट २०२५ मा ७०भन्दा बढी सुपरबाइकको विशेष प्रदर्शनी हुने भएको छ ।
साथै, यस स्पिड फेस्टमा हंसराज हुलासचन्द एन्ड कम्पनी प्रा.लि.द्वारा वितरित बजाज, केटिएम र ट्रायम्फ ब्रान्डका मोटरसाइकलहरूको विशेष सहभागिता रहनेछ । यी मोटरसाइकलहरू आफ्नो उत्कृष्ट प्रदर्शन, पावर र नयाँ प्रविधिका कारण बाइकप्रेमीहरू माझ लोकप्रिय छन् । यस इभेन्टले मोटरसाइकल उत्साहीहरूका लागि रोमाञ्चक अनुभव प्रदान गर्नेमा आयोजकहरू विश्वस्त रहेका छन् । स्पिड फेस्ट २०२५ नेपालकै सबैभन्दा ठूलो मोटरसाइकल उत्सव हुने आयोजकले बताएका छन् । यसमा हजारौं मोटरसाइकलप्रेमी र उद्योगी व्यवसायीहरूको सहभागिता रहनेछ ।
कार्यक्रममा सुपरबाइक प्रदर्शनी, ग्रान्ड बाइक र्याली, नयाँ मोडलको लन्च, टेस्ट राइड सेसन तथा नेपालका चर्चित ब्यान्डहरू द एलिमेन्ट्स र रकहेड्सको प्रत्यक्ष सांगीतिक प्रस्तुति समेत समावेश रहेको छ । स्पिड फेस्ट २०२५ ले नेपालका मोटरसाइकल उत्साहीहरूलाई रोमाञ्चक अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।