काठमाडौं । ट्रस्ट माइक्रो इन्स्योरेन्स लिमिटेडको सेयर बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीले आफ्नो जारी पुँजीको ३० प्रतिशतले हुन आउन प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गर्नका लागि उक्त कम्पनीलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
नियुक्तिसम्बन्धी सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उज्वल ढुङ्गाना र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका हुन् । न्यून आय भएका एवं पिछडिएका क्षेत्रका बासिन्दा र सीमान्तकृत समुदायका व्यक्तिहरूलाई लघु बीमा सेवा पु¥याउने लक्ष्य लिई यस ट्रस्ट माइक्रो इन्स्योरेन्स लिमिटेड मिति २०८० कात्तिक १२ मा निर्जीवन लघु बीमाको इजाजत पत्र प्राप्त गरी लघु निर्जीवन बीमा कम्पनीको हैसियतले मिति २०८० चैत १ गतेदेखि लघु निर्जीवन बीमासम्बन्धी कारोबार सञ्चालन गर्दै आइरहेको छ ।