काठमाडौं । पोखरामा नाडा प्रिजेन्ट्स वाडा अटो सो हुने भएको छ । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) को आयोजना तथा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको सहयोगमा चैत १४ देखि १७ सम्म पोखराको प्रदर्शनी केन्द्रमा सो अटो सो हुन लागेको हो ।
उक्त सोका लागि वाडाले बिहीबारदेखि बुकिङ समेत खुला गरेको छ । गत पुस २० गते नाडा र वाडा का पदाधिकारी तथा सदस्यहरू बीच पोखरामा पहिलोपटक वाडा अटो सो आयोजना गर्ने सहमति भएको थियो । सोही सहमतिअनुसार अटो सो हुन लागेको हो । प्रदर्शनीमा भाग लिनेसम्बन्धी गरिएको सर्वेक्षणको आधारमा यस वर्ष पहिलोपटक पोखरामा वाडा अटो सो आयोजना गर्न लागिएको छ । नाडा प्रिजेन्ट्स वाडा अटो सोमा २–पाङग्रे, ३–पाङग्रे, ४–पाङग्रे, लाइट कमर्सियल, हेभी कमर्सियल तथा मेसिनरी इक्युपमेन्ट्स्, वित्तीय संस्था, इन्स्योरेन्स, अटो कम्पोनेन्ट्स एवं ग्यारेज उपकरणहरूलाई समूहअनुसार छुट्टाइएको हुँदा सोहीअनुरूप रजिस्ट्रेसन गर्न मिल्ने व्यवस्था मिलाइएको छ ।
वाडाका अध्यक्ष दिपेन्द्र कोइरालाका अनुसार अर्थतन्त्रमा राजस्व संकलन र रोजगारी सिर्जनाका लागि विशेष योगदान पु¥याउँदै आइरहेको सवारी साधन क्षेत्रमा संलग्न उद्योगी, व्यवसायी, कर्मचारी एवं आम उपभोक्ताहरूलाई यस प्रदर्शनीले सकारात्मक ऊर्जा एवं नवीनतम् प्रविधिहरूको साक्षात्कार गराउने बताए । यसै क्रममा नाडाले सम्भाव्यता अध्ययनगरी आफ्ना प्रदेश एसोसिएसनमार्फत नेपालका अन्य मुख्यमुख्य सहरहरूमा अटो प्रदर्शनीको आयोजना गर्ने जनाएको छ ।