काठमाडौं । नेपाल बैंकले वार्षिक साधारणसभाको आह्वान गरेको छ । बैंकको यही फागुन आठ गते बसेको २८ औं सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभासम्बन्धी निर्णय गरेको हो । सोअनुसार बैंकले चैत्र छ गते नेपाल एपिएफ क्लब हल्चोकमा आफ्नो ६५ औं वार्षिक साधारणसभा गर्ने छ । सभामार्फत बैंकले गत आर्थिक वर्षको वित्तीय विवरणलगायतका प्रस्तावहरू पारित गर्ने तयारी गरेको छ ।