काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सुर्खेतको वीरेन्द्रनगरमा रहेको स्टे–होटल भ्याली भ्युबीच सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीलाई आफ्नो सेवामा छुट दिने सम्झौता भएको छ । सम्झौताअनुसार सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले स्टे–होटल भ्याली भ्युमा सांग्रिला डेभलपमेन्ट बैंकको डेबिड कार्ड वा क्युआर कोडमार्फत खाना, कोठा र बेभरेजको भुक्तानी गर्दा १० प्रतिशत छुट पाउने छन् । यस्तै, बैंकका कर्मचारीलाई २० प्रतिशत छुट दिइने छ ।
सम्झौतापत्रमा सांग्रिला डेभलपमेन्ट बैंकको नेपालगञ्ज क्लस्टरका प्रमुख जयन्द्र बहादुर खड्का र स्टे होटल भ्याली भ्युका म्यानेजिङ डाइरेक्टर तर्क बहादुर शाहीले आइतबार हस्ताक्षर गरेका छन् । यो सम्झौता दुई वर्षका लागि लागू हुनेछ । सम्झौताबाट सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई फाइदा पुग्ने विश्वास यस बैंकले लिएको छ । आमनागरिकको प्रगाढ विश्वास र भरोसाले गर्दा सांग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर एक सय १२ वटा शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आएको छ ।