काठमाडौं । काठमाडौंको सतुंगलमा अवस्थित श्री सार्र्ई इन्टरप्राइजेजले अब मल्टी ब्रान्ड स्यानिटरी सोरुमको रूपमा थप व्यवसाय विस्तार गरेको छ । पहिलेदेखि नै ज्यागुअर, हिन्दवेयर र अन्य ब्रान्डको कारोबार गरिरहेको इन्टरप्राइजेजले अब कजारिया र अन्य ब्रान्डको समेत कारोबार गर्ने भएको छ ।
श्री सार्ई इन्टरप्राइजेजलाई स्यानिटरी, टाइल तथा ग्रेनाइट एवम् पेन्टलगायतका सामग्रीका लागि मल्टी ब्रान्ड सोरुमको रूपमा विकास गरिएको छ । सोरुममा विश्वप्रसिद्ध स्यानिटरी र टायललगायतका सामग्री उपलब्ध गराउने कम्पनी ज्यागुअर, हिन्दवेयर र कजारियालगायत कम्पनीका उत्पादन र एसियन पेन्ट्सका उत्पादन समेत उपलब्ध हुनेछन् । त्यसैगरी यही नै उत्पादन गरिएको जियो ब्रान्डका सामग्री समेत पाउन सकिने छ । उद्घाटनको अवसरमा अफर समेत सार्वजनिक गरिएको छ । श्री सार्ई इन्टरप्राइजेजबाट कुनै पनि सामग्री किन्ने ग्राहकलाई भारी छुटमा ती सामग्री उपलब्ध हुने बताइएको छ ।