काठमाडौं । महिन्द्रा फोरह्विलरको विक्रेता अग्नि ग्रुपको सहायक कम्पनी बालाजु अटो वर्कस प्रालिले महिन्द्रा केयर फेस्ट आयोजना गर्ने भएको छ ।
कम्पनीले फागुन १८ गतेदेखि २३ गतेसम्म देशव्यापीरूपमा सो फेस्ट आयोजना गर्न लागेको हो । यस ४५–पोईन्ट फ्रि चेकअप क्याम्पमा फ्रि लेबर चार्ज, फ्रि वासिङ, फ्रि हेल्थ चेकअप, म्याक्सिमाईल लुब्रिकेन्ट्समा १० प्रतिशत छुट, स्पेयर पार्टसहरूमा ५० प्रतिशतसम्मको छुट, १० प्रतिशत विस्तारित छुट कुपन पाइनेछ । साथै अन्य उपहारहरूको पनि लाभ लिन सकिने कम्पनीले जनाएको छ । महिन्द्राका ग्राहकले नेपालभरका सर्भिस सेन्टरमा गएर यस केयर फेस्टमा सहभागी हुन सक्नेछन् ।
साथै, अग्नि ग्रुपको सहायक कम्पनी अग्नि आस्था प्रालिले केयर फेस्टमा महिन्द्राका कुनै पनि गाडी खरिद तथा बिक्री वा एक्सचेन्ज गर्ने सुविधा पनि ल्याएको छ । साथै, महिन्द्राका सर्टिफाइड प्रि–अनवेड गाडी खरिद गर्नुपरेमा आकर्षक अफर पनि ल्याएको छ । यो सेवा काठमाडौं, भैरहवा, इटहरी, पोखरा र चितवनमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।