काठमाडौं । आइसक्रिम ब्रान्ड बास्किन रोबिन्सले नेपालमा आफ्नो ३४औँ शाखा काठमाडौंको वसन्तपुरमा औपचारिकरूपमा सञ्चालनमा ल्याएको छ । नेपालमा बास्किन रोबिन्सको आधिकारिक आयातकर्ता तथा वितरक सन इन्टरनेसनल इन्कर्पोरेटेड प्रालिले नयाँ शाखाले उत्कृष्ट आइसक्रिमको अनुभवसँगै खुसी बाँड्ने यात्रामा अर्को महत्वपूर्ण कदम चाल्ने जनाएको छ ।
वसन्तपुर शाखाले बास्किन रोबिन्सका प्रसिद्ध ३१ फ्लेबर र प्रिमियम आइसक्रिम केकहरू ल्याएको छ । शाखा शुभारम्भ कार्यक्रममा नेपालको नेवारी संस्कृतिलाई सुन्दर सांगीतिक प्रस्तुतिसँग जोडी परम्परा र बास्किन रोबिन्सको आधुनिकतालाई एकसाथ प्रस्तुत गरिएको थियो । बास्किन रोबिन्स आफ्नो ग्राहकहरूलाई उच्च गुणस्तरीय सामग्रीबाट तयार गरिएको विभिन्न फ्लेबरहरूको साथ खुसी दिन समर्पित रहेको कम्पनीले जनाएको छ । आइसक्रिमप्रेमीहरूलाई विश्वभर मन पराइएका फ्लेबरहरू र गुणस्तरीय आइसक्रिमहरूको स्वाद दिँदै कम्पनी अघि बढिरहेको जनाइएको छ ।