काठमाडौं । भारतको टाइल निर्माता कजारियाले काठमाडौको सतुंगलमा अत्याधुनिक सोरुम सञ्चालनमा ल्याएको छ । श्री साई इन्टरप्राइजेजद्वारा सञ्चालित यो सोरुमले उच्च गुणस्तरका टायलको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको छ ।
सो सोरुमको चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी र चन्द्रागिरी नगरपालिका वडा नम्बर ११ का अध्यक्ष नरेद्रराज श्रेष्ठले उद्घाटन गरेका थिए । कार्यक्रममा कजारियाको राष्ट्रिय सेल्स प्रमुख प्रवीन सिंहले काठमाडौं कजारियाका लागि एक प्रमुख बजार रहिआएको बताए । यो सोरुमले घरधनीहरू, आर्किटेक्ट र निर्माणकर्तासामु उच्च गुणस्तरका टायलहरू पुर्याउने बताइएको छ । कम्पनीका अनुसार यसको विस्तारसँगै कजारिया उच्च गुणस्तर र डिजाइनका नयाँ मापदण्ड सेट गर्ने आफ्नो मिसनलाई निरन्तर अघि बढाउँदै नेपालका निर्माण सामग्रीको क्षेत्रमा आफ्नो नेतृत्वलाई बलियो बनाउँदै लगेको छ ।