काठमाडौं । एमएडब्लु वृद्धि कमर्सियलले चितवनमा आफ्नो नयाँ, विश्वस्तरीय फोटोन सोरूमको शुभारम्भ गरेको छ । यसलाई कम्पनीको विश्वस्तरीय व्यावसायिक सवारी साधन र सेवाहरूतर्फ अगाडि बढ्ने एक प्रमुख कदमका रूपमा हेरिएको छ । यस कदमले यस क्षेत्रमा गुणस्तरीय, कुशल र भरपर्दो गतिशीलता समाधानको बढ्दो मागलाई पूरा गर्नेछ ।
नयाँ सोरूम कुनै पनि व्यवसायका आवश्यकतालाई पूरा गर्न सक्ने फोटोनका उच्चस्तरीय व्यावसायिक ट्रकहरूको विस्तृत दयाराले सुसज्जित छ । नवप्रवर्तन र प्रदर्शनका लागि निर्मित यस सोरुमले नेपालको व्यावसायिक सवारी साधनको क्षेत्रमा उन्नत प्रविधि, स्थायित्व र यातायात अर्थतन्त्रलाई मद्दत गर्ने जनाइएको छ । शोरूमको स्थापना रणनीतिकरूपमा चितवन र आसपासका क्षेत्रका ग्राहकको पहुँच र गुणस्तरीय सेवालाई ध्यानमा राखेर गरिएको हो । यस सुविधाले ग्राहकको समग्र यात्रा अनुभवको लागि विशेष परामर्श, आफ्टर सेल्स सर्भिस र मर्मतसम्भारका सेवाहरू प्रदान गर्दै फोटोनका नवीनतम सवारी साधनहरू समेत प्रदर्शनमा राख्नेछ ।
नेपालका लागि फोटोन मोटरको आधिकारिक वितरक एमएडब्ल्यू वृद्धि कमर्सियल भेहिकलले नेपालमा यातायातको क्षेत्रमा वास्तविक गेम चेन्जरको रूपमा आफ्नो विद्युतीय सवारी साधन फोटोन माउन्टेन ईभी भ्यान औपचारिकरूपमा सुरु गरेको छ । आरामदायी हेडस्पेसको सुविधा दिने हेतुले माउन्टेन ईभी भ्यानलाई अग्लो छतसहितको फराकिलो भित्री भागमा १४ देखि १६ जना यात्रुहरू बस्न मिल्ने गरी कन्फिगर गरिएको छ । ५० दशमलव २३ किलोवाट प्रतिघण्टाको ब्याट्रीले एकपटक चार्ज गर्दा २३५ किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ, जसले यसलाई नेपालको कठिन भू–भागको लागि उपयुक्त बनाउँछ । कार्यक्रममा सरोकारवाला, ग्राहक र प्रतिष्ठित व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो ।
कम्पनीका अनुसार व्यवसायहरूको लागि राम्रो यातायात सिर्जना गरेर आर्थिक उन्नतिलाई प्रवद्र्धन गर्ने प्रयास अनुरूप यस सोरुमको उद्घाटन गरिएको हो । यो विस्तारसँगै नेपालको व्यावसायिक सवारी साधन बजारमा एमएडब्ल्यू वृद्धि कमर्सियलले आफ्नो जरा अझै मजबुत बनाएको छ । कम्पनीका एमडी विवेक सिकरियाका अनुसार कम्पनी दिगो गतिशीलताप्रति सधैँ प्रतिबद्ध छ । एमएडब्लु वृद्धि कमर्सियलका सीईओ तुषार गुप्ताले अन्तर्राष्ट्रिय स्तरमा समेत बलियो सफलता हासिल गरिसकेको व्यावसायिक ईभीको अग्रणी ब्रान्ड फोटोनले नेपालमा हरित यातायातको व्यापकतालाई सक्षम बनाउने बताए ।