काठमाडौं । शेयर बजार परिसुचक नेप्से पुन ओरालो लागेको छ । अघिल्लो दिन झण्डै १४ अंकले ओरालो लागेको नेप्से परिसुचक आज मंगलबार पनि ३० दशमलव ३६ अंकले ओरालो लागेर २८ सय ४६ दशमलव ३० बिन्दुमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ३१ अंकले ओरालो लागेर चार सय ७५ दशमलव २७ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय १८ वटा कम्पनीहरुको एक लाख २२ हजार तीन सय ३६ पटकको कारोबारमा दुई करोड ६३ लाख ८९ हजार नौं सय १० कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट कुल कारोबार रकम १२ अर्ब ९४ करोड ६४ लाख ९३ हजार नौं सय ३९ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १३ वटै उपसमुहहरुको सुचक ओरालो लाग्दा शेयर बजार पुरै रातो देखिएको छ ।