काठमाडौं । माछापुच्छ्रे बैंकको कोष प्रवर्द्धनमा सञ्चालन हुने एमबीएल इक्विटी फन्डमा आवेदन खुला भएको छ । बैकले १२ करोड इकाई फन्ड निष्काशन गर्न लागेको हो । जसमा कोष प्रवद्र्धक बैंक, योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटललाई छुट्याएपछि बाँकी १० करोड २० लाख इकाई सार्वजनिकरूपमा निष्काशन गरिएकोे बैंकले जानकारी दिएको छ ।
अंकित मूल्य १० रुपैयाँ रहने म्युचुअल फन्डमा न्यूनतम एक सय इकाईका लागि आवेदन दिन सकिनेछ । बन्दमुखी यस योजना बजारमा सूचीकृत भई कारोबार समेत हुनेछ । अनलाइन प्रणाली मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । छिटोमा फागुन २६ गते र सो अवधिसम्म सबै इकाई बिक्री नभएमा चैत सात गतेसम्म फन्ड खरिदको लागि आवेदन खुला हुनेछ ।