काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा सिर्जना दंगाल नियुक्त भएकी छन् । बैंक सञ्चालक समितिको यही फागुन २१ गते बसेको बैठकले फागुन २२ गतेदेखि नै कार्यान्वनयमा आउने गरी दंगाललाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।