काठमाडौं । सीजी ब्रान्ड्सले ग्राहक सन्तुष्टि सुनिश्चित गर्न र देशभरका एसीको मर्मत सम्भारका लागि निःशुल्क एसी सेवा शिविर सुरु गरेको छ । कम्पनीले राष्ट्रव्यापीरूपमा आफ्ना सबै आधिकारिक सेवा केन्द्रबाट फाल्गुन २० गतेदेखि सीमित समयको लागि निःशुल्क एसी सेवा शिविर सुरु गरेको हो । यसअन्तर्गत ग्राहकहरूले आफ्ना कुनै पनि ब्रान्डको एसीको निःशुल्क सर्भिसिङ गर्न सक्नेछन् ।
साथै, ग्राहकले निःशुल्क एयर फिल्टर प्रतिस्थापन र आफ्नो एसीको उत्कृष्ट कार्यक्षमताका लागि प्राविधिक विज्ञको सल्लाह पाउन सक्नेछन् । यसका अतिरिक्त, स्पेयर पाट्र्समा ५० प्रतिशतसम्म छुट र कुनै पनि एसी साट्नमा ५० प्रतिशत अतिरिक्त मूल्याङ्न हुनेछ । कम्पनीका विज्ञ प्राविधिकहरूले सेवा शिविरहरू सञ्चालन गर्नेछन् । साथै, कर्मचारीले नयाँ एसीको खरिदमा वा पुराना एसीहरू साट्नमा ग्राहकलाई सहयोग गर्ने जनाइएको छ ।
कम्पनीका अनुसार शिविरमा सहभागीहरूले नयाँ एसी यन्त्र खरिदमा २० प्रतिशतसम्म छुट, चार हजार रुपैयाँको निःशुल्क जडान र एक्स्चेन्जमा तीन हजार रुपैयाँको दुईवटा निःशुल्क सेवा कुपनको फाइदा उठाउन सक्नेछन् ।