काठमाडौं, साउन ११
अनलाइन बजार दराज र अनलाइन भुक्तानी सेवा इ–सेवाले १ रुपैयाँमा नयाँ आईफोन एसई जित्न सकिने रोमाञ्चक वान रुपी गेम अवसर लिएर आएका छन् । उक्त गेममा भाग लिनको लागि ग्राहकहरूले दराजमा आईफोन रुपी वान प्रोमोकोड लगाई आईफोन एसई १ रुपैयाँमा इ–सेवा बाट भुक्तानी गरि अर्डर गर्नुपर्ने हुन्छ । अफर साउन ७ देखि लागू भई १२ गतेसम्म उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
विजेताको घोषणा साउन १६ गते दराज एप र दराज नेपालको फेसबुक पेजमार्फत गरिने बताइएको छ । विजेता घोषित भएपछि सबै सहभागीहरूले आफ्नो इ–सेवा खातामा १ रुपैयाँ फिर्ता पाउनेछन् । यसका साथै ग्राहकहरुले साउन १२ देखि १९ गतेसम्म चल्ने दराज महाबचत बजार अभियानअन्तर्गत दराजमा कुनै पनि समानको रकम इ–सेवा मार्फत पैसा तिर्दा २० प्रतिशत (एक हजार रुपैयाँसम्म)को छुट पाउनेछन् ।
ग्राहकहरूले दराज महाबचत बजारमा फेसनदेखि इलेक्ट्रोनिक्स हरेक किसिमको समानको खरिदमा ठूलो बचतको आशा गर्न सक्नेछन् । वान रुपी गेमअन्तर्गत ग्राहकहरुले सोनी एक्सन क्याम, होमग्लोरी भ्याकुम क्लिनर र सीजी एयर कुलरलगायत अरू धेरै पुरस्कारहरू पनि जित्न सक्नेछन् ।