काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष पदमा भरतराज आचार्य मनोनित भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आचार्यलाई कोषाध्यक्षमा मनोनयन गरेका हुन् ।
कोषाध्यक्षमा मनोनित आचार्यले महासंघको उद्योग समिति सभापति तथा रोजगारदाता परिषद्को सहसभापति तथा स्थायी समिति सदस्य भई काम गरिसकेका छन् । एक दशक बढी समयदेखि महासंघमा योगदान दिएका आचार्य विभिन्न उत्पादनमूलक तथा प्रविधिजन्य औद्योगिक प्रतिष्ठानमा आबद्ध छन् । यसअघि महासंघको कोषाध्यक्षमा निरक केसी थिए । केसीको १८ महिने कार्यकाल सकिएपछि महासंघमा कोषाध्यक्ष पद उक्त रिक्त थियो । आचार्यले अब महासंघमा कोषाध्यक्षको बाँकी कार्यकाल सम्हाल्ने जनाइएको छ ।