काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले काठमाडौं इन्सिच्युट अफ चाइड हेल्थ (केआईओसीएच) लाई सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीले ३० लाख रुपैयाँ सहयोग गरेको कम्पनीका अध्यक्ष हेमराज ढकालले जानकारी दिए । कार्यक्रममा केआईओसिएचका अध्यक्ष डा भगवान कोइरालाले चेक बुझेका छन् ।
उक्त अवसरमा कम्पनीका सञ्चालक समितिका सदस्य राजेन्द्रसिंह भण्डारी, कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठको उपस्थिति थियो । कम्पनीबाट प्रदान भएको यो रकम बालबालिकाको उपचारमा विशिष्टिकृत सेवा प्रदान गर्ने गरी बाल स्वास्थ्य क्षेत्रमा विशेष योगदान पु¥याउने उद्देश्य लिई स्थापना भएको केआईओसिएचले काठमाडौँको गोल्फुटार, बुढानीलकण्ठमा निर्माण गरिरहेको बाल अस्पतालको पूर्वाधार निर्माणमा खर्च हुनेछ ।
सोही अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले केआईओसिएचका व्यवस्थापन समूहलाई धन्यवाद दिँदै यस्तो पुण्य कार्यमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे ।