काठमाडौं । लुफ्थान्सा ग्रुपले सोसाइटी इन्टरनेसनल ट्राभललाई जिएसए प्रतिनिधि कम्पनी (रेप्रिजेन्टेसन पार्टनर)को रूपमा छनोट गरेको छ । जर्मनीमा मुख्यालय रहेको लुफ्थान्साले आफ्नो ग्रुपको तीन वटा अन्तर्राष्ट्रिय एयरलायन्सका लागि सो ट्राभललाई नियुक्त गरेको हो । ग्रुपअन्तर्गत् लुफ्थान्सा एयरलायन्स, स्विस इन्टरनेसनल एयरलायन्स र अस्ट्रियन एयरलायन्सको नेपाल जिएसएको रूपमा सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेजलाई नियुक्त गरेको हो । सम्झौताअनुसार सोसाइटी इन्टरनेसनलले नेपालमा लुफ्थान्सा ग्रुपको लागि अभिन्न र रणनीतिक साझेदारको रूपमा काम गर्नेछ । यसले नवीनतम प्रविधिमा आधारित समाधानमार्फत बिक्री तथा मार्केटिङ रणनीतिहरूलाई सशक्तरूपमा सहयोग पुर्याउनेछ ।