काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ग्लोबल मनी विकको अवसरमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । देशभर विभिन्न दुई सय ९४ शाखा कार्यालयहरूमार्फत १० हजारभन्दा बढी युवा, विद्यार्थी, कर्मचारी, कृषकहरू माझ वित्तीय चेतना अभिवृद्धिका लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको हो । अन्तर्राष्ट्रियरूपमा हरेक वर्ष मार्च महिनाको दोस्रो सातामा मनाइने ग्लोबल मनी विक बैंकले चैत ४ देखि १० गतेसम्म साताव्यापी थिङ्क बिफोर यु फलो, वाइज मनी टुमारो भन्ने नारासहित सञ्चालन गरिरहेको छ ।
बैंकले विभिन्न स्कुल तथा कलेजका हजारौं विद्यार्थीहरू, कर्मचारी, मजदुर तथा कृषकहरूको सहभागितामा सातै प्रदेशका शाखा कार्यालयहरूबाट देशव्यापी वित्तीय चेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गर्दैछ । अभियानअन्तर्गत बैंकले कारोबार गर्दाका फाइदाहरू, डिजिटल बैंकिङ, क्युआर, पोस सेवा, आरबीबी स्मार्ट बैंकिङ, इन्टरनेट बैंकिङ, पिन तथा पार्सवर्ड सुरक्षा, ओटीपी, रेमिट्यान्स कारोबार, बचत तथा कर्जाको सदुपयोगसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ । बैंकका विभिन्न शाखा कार्यालयमार्फत वित्तीय सचेतनामूलक अन्तत्र्रिmया सञ्चालन गर्दैछ । यसका साथै सामाजिक सञ्जालबाट चेतनामूलक श्रव्यदृष्य सामग्रीहरू समेत प्रसारण गरेको छ । बैंकले केही वर्षदेखि हरेक त्रैमासमा सबै शाखा कार्यालयमार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।
सन् २०१२ देखि प्रत्येक वर्ष विश्वका एक सय ७६ भन्दा बढी मुलुकमा सञ्चालन हुँदै आएको ‘ग्लोबल मनी विक’ मूलतः किशोर/किशोरी तथा युवा÷युवतीमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यका साथ विश्वव्यापीरूपमा थालिएको अभियान हो । बैंकको हाल सात प्रदेश, ७७ जिल्लाका सबै सदरमुकामसहित दुई सय ९४ वटा शाखा कार्यालय, ७२ वटा एक्सटेन्सन काउन्टर, तीन सय १२ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ रहेको छ ।