काठमाडौं । भिसा कार्ड इन्टरनेसनलले २०८१ सालको दशैंलाई लक्षित गरी सञ्चालन गरेको बेस्ट २५ भिसा स्पेन्डर क्याम्पियनमा नबिल बैंकका पाँच जना भिसा कार्डवाहक परेका छन् ।
भिसा कार्डमार्फत सबैभन्दा बढी खर्च गर्ने कार्डवाहकहरू शीर्ष २५ मा परेका हुन् । भाग्यशाली विजेताहरूले एक जोडीका लागि विदेश भ्रमणको दुईतर्फी टिकट प्राप्त गरेको भिसा कार्ड इन्टरनेसनलले बैंकलाई जानकारी दिएको छ ।
बैंकले एक कार्यक्रमको आयोजना गरी पाँच विजेताहरूलाई सम्मान तथा उपहार वितरण गरेको थियो । कार्यक्रममा बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य, वरिष्ठ डेपुटी सीईओ मनोजकुमार ज्ञवाली, डेपुटी सीईओ भुपेन्द्र पाण्डे, रिटेल कारोबार प्रमुख निरज शर्माका साथ भिसा कार्ड प्रतिनिधि आशीष चक्रवर्तीलगायतको उपस्थिति थियो ।