काठमाडौं । शेयर बजार परिसुचक नेप्से उच्च अंकले ओरालो लागेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से परिसुचक ५४ दशमलव ६२ अंकले ओरालो लागेर २६ सय १४ दशमलव ६२ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव शुन्य आठ अंकले ओरालो लागेर चार सय ३९ दशमलव ६२ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय १७ वटा कम्पनीहरुको ७२ हजार दुई सय ६५ पटक शेयर किनबेच भएको छ । जसबाट एक करोड २३ लाख ७१ हजार दुई सय ८० कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम छ अर्ब ३द्द करोड एक लाख ४१ हजार तीन सय ६५ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १३ वटै उपसमुहहरुको सुचक ओरालो लागेर शेयर बजार पुरै रातो भएको छ ।