काठमाडौँ । नेपाल सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन प्रस्तुत कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा दिगो शान्ति, सुशासन, सामाजिक न्याय, समनतामूलक समाज निर्माणमा सरकार तदारूकताका साथ लाग्नु आवश्यक भएको बताएका छन्।
राष्ट्रपति कार्यालयमा पुगेर आइतबार नेपाल सरकारको वार्षिक प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिसमक्ष बुझाएपछि कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपतिले समृद्धिको उद्देश्य प्राप्त गर्न सरकार लाग्नुपर्नेमा जोड दिएका हुन् ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको मुलभूत मर्म र भावना एवं राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वसम्बन्धी संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्दै आगामी दिनमा समेत नेपाल सरकार अझ सक्रिय र क्रियाशील रहने विश्वास लिएको बताए।