तुलसीपुर । तुलसीपुरबाट भारतको विभिन्न तीर्थस्थल यात्राका लागि गएको स्कार्पियो गाडी दुर्घटना हुँदा तुलसीपुर उपमहानगरपालिकाका चार जनाको मृत्यु भएको छ । तुलसीपुरबाट तिर्थ यात्राका लागि बिहीबार बिहान छुटेको भारतीय नम्बर प्लेटको युपी ३१ एसी ७२०० नम्बरको स्कर्पियो गाडी भारतको तुलसीपुर नजिकै दुर्घटना भएको हो ।
दुर्घटनामा परी गाडी चालक तुलसीपुर–७ पर्सेनीका अन्दाजी ३७ वर्षीय युवराज चापागाई र तुलसीपुर–७ कै निवासी मोतीराम वलीकी आमा ८० वर्षीया वृद्धाको मृत्यु भएको छ । मृत्यु भएका दुई जनाको नाम भने अझै नखुलेको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष रामबहादुर जिसीले बताएका छन् । जिसीका अनुसार गाडीमा नौ जना सवार रहेको मध्ये अरु घाइते भएका छन् । मृतक चार जनालाई घरमा ल्याउन थालिएको छ ।