नेपिडो । म्यानमारमा शुक्रबार गएको भूकम्प र त्यसपछिको पराकम्पमा परेर शनिबार साँझसम्म मृत्यु हुनेको संख्या १६ सय नाघेको छ । तीन हजार चार सय भन्दा धेरै घाइते भएका छन भने एक सय ३९ जना बेपत्ता भएका छन् । संयुक्त राज्य भूगर्भ सर्वेक्षणले मूकम्पमा परि १० हजारजनाको मृत्यु हुनसक्ने अनुमान गरेको छ ।
शनिबार दिउँसो साढे तीन बजे म्यानमारमा फेरि ५.१ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएकोे थियो । दुई दिनमा पाँच भन्दा बढी ठूलो भूकम्प गएको छ ।
भूकम्पको धक्का थाइल्याण्ड, बंगलादेश, चीन र भारतसम्म महसुस गरिएको थियो । अर्कोतर्फ, थाइल्याण्डको राजधानी बैंककमा ३० तले भवन भत्किएको छ । जहाँ १० जनाको मृत्यु भएको छ । शुक्रबार बिहान करिब १२ बजे म्यानमारमा ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो । यो दुई सय वर्षमा म्यानमार र थाइल्याण्डमा गएको सबैभन्दा ठूलो भूकम्प हो । ठूलो विनाशका कारण म्यानमारका ६ राज्य र सम्पूर्ण थाइल्याण्डमा आपतकाल लगाइएको छ ।