काठमाडौं । नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्या घटेको छ । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२५ को मार्च महिनामा एक लाख २१ हजार आठ सय पर्यटक नेपाल घुम्न आएका छन् । जुन एक वर्षअघिको तुलनामा छ हजार तीन सय ६७ ले कम हो । गत वर्ष मार्चमा एक लाख २८ हजार एक सय ६७ पर्यटक नेपाल घुम्न आएका थिए । यो संख्या हवाइमार्ग भएर आएका पर्यटकको हो ।
बोर्डको विवरणअनुसार वर्षको पहिलो तीन महिनामा दुई लाख ९८ हजार पर्यटक नेपाल घुम्न आएका छन् । जनवरीमा ७९ हजार नौ सय र फेब्रुअरीमा ९६ हजार आठ सय पर्यटक नेपाल आएका छन् ।
मार्च महिनामा सबैभन्दा धेरै भारतबाट २१ हजार चार सय १२ पर्यटक नेपाल आएका थिए । यस्तै, चीनबाट ११ हजार चार सय ४३ र अमेरिकाबाट ११ हजार ९२ जना अमेरिकी आएका बोर्डको विवरणमा उल्लेख छ । श्रीलंकाबाट आठ हजार आठ सय ८६ र बेलायतबाट पाँच हजार नौ सय ९५ जना आएका छन् । मार्चमा दक्षिण एसियाली मुलुकका मात्रै ३५ हजार दुई सय ८७ पर्यटक आएका छन् ।
दक्षिण एसिया, एसिया, युरोप, अमेरिकालगायत मुलुकबाट आउने पर्यटकको संख्या घुम्न आएका छन् ।