काठमाडौं । राजधानीको नयाँबजारस्थित खुशीबँुमा जिन्जर लिली नामक फ्लावर सप सञ्चालनमा आएको छ । नेपालमा उत्पादित कट फ्लावरलाइ प्राथमिकता दिने लक्ष्यका साथ खुलेको जिन्जर लिलीको उद्घाटन फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष राजेशभक्त श्रेष्ठले गरेका थिए ।
विवाह, ब्रतबन्ध, जन्मदिन र विभिन्न उत्सवको समयमा बढ्दो साजसज्जालाई लक्षित गरी खुलेको जिन्जर लिलीमा विवाहको गाडी सजावट, इभेन्ट डेकोरेसन, उपहारका सामान र कट फ्लावरको कारोबार हुने सञ्चालिका अस्मिता तामाङले जानकारी दिइन् । १० वर्ष यसै क्षेत्रको अनुभव सँगालेकी सञ्चालिका तामाङले बौद्धमा पनि नयाँ शाखा खोल्ने तयारी गरिसकेकी बताइन् । फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष श्रेष्ठले कट फ्लावरको व्यवसाय गर्दा नेपाली उत्पादनलाई प्राथमिकतामा राख्न अनुरोध गरे ।
कार्यक्रममा एसोसिएसनका महासचिव हिरामणि शर्मा, सचिव राजु तामाङलगायतको उपस्थिति थियो । रोज, लिली, सनफ्लावर, लेमोनियाँ, स्ट्रोभेरिया, सयपत्री, डेजी, जिप्सी, कार्नेसन,जर्वेरा र अर्किडलगायत गिफ्टका सामानहरूको कारोबार भइरहेको छ ।