बे अफ बङ्गाल इनिसिएटिभ फर मल्टी–सेक्टरल टेक्निकल एन्ड इकोनोमिक को–अपरेसन (बिम्स्टेक) को स्थापना सन् १९९७ जुन ६ मा भएको थियो । यस क्षेत्रीय संगठनमा बङ्गलादेश, भारत, म्यानमार, श्रीलंका, थाइल्यान्ड, भुटान र नेपाल सदस्य राष्ट्रका रूपमा आबद्ध भएका थिए । यस बिम्स्टेकको मुख्य उद्देश्य भनेको आर्थिक सहकार्य, व्यापार विस्तार, जलस्रोत व्यवस्थापन, यातायात र सञ्चार, प्रविधि आदिको प्रवर्द्धन गर्नु हो । यो बिम्स्टेकलाई भन्ने नै हो भने दक्षिण एसिया र दक्षिण–पूर्वी एसियाका सात राष्ट्रहरूको क्षेत्रीय संगठन पनि हो । जसको मुख्य उद्देश्य बहुपक्षीय प्राविधिक तथा आर्थिक सहकार्यलाई प्रवद्र्धन गर्नु हो । तसर्थ, नेपालले बिम्स्टेकका विभिन्न शिखर सम्मेलनमा महत्वपूर्ण भूमिका खेलेको छ । जसमा पहिलो शिखर सम्मेलन सन् २००४, बैंकक, थाइल्यान्डमा भएको थियो । सो सम्मेलनमा नेपालले आर्थिक सहकार्यलाई तीव्र बनाउन जोड दिएको थियो । त्यसरी नै दोस्रो शिखर सम्मेलन सन् २००८, नयाँ दिल्ली, भारतमा भएको थियो । त्यसमा पनि नेपालले क्षेत्रीय सम्पर्क विस्तार तथा यातायात सुधारका लागि पहल गरेको थियो । त्यस्तैगरी तेस्रो शिखर सम्मेलन सन् २०१४, नयाप्यिड, म्यानमारमा भएको थियो । सो सम्मेलनमा पनि नेपालले व्यापार र लगानी विस्तारमा जोड दिएको थियो । त्यसरी नै चौथो शिखर सम्मेलन सन् २०१८, काठमाडौं, नेपालमा भएको थियो । सोमा पनि नेपालले ऐतिहासिकरूपमा बिम्स्टेक शिखर सम्मेलनको आयोजना गर्दै सुरक्षा, ऊर्जा, व्यापार तथा पर्यटन क्षेत्रमा सहकार्यलाई प्रवर्द्धन गर्ने पहल गरेको थियो । त्यस्तै, सन् २०२२ मार्च ३० मा श्रीलंकाको राजधानी कोलम्बोमा सम्पन्न पाँचौँै बिम्स्टेक शिखर सम्मेलनमा नेपालले महत्वपूर्ण सहभागिता जनाएको थियो । हाल छैठौँ शिखर सम्मेलन अप्रिल २–४, २०२५ मा थाइल्याण्डको बैंककमा तय भएको छैटौं बिम्स्टेक शिखर सम्मेलन फलदायीरूपमा सम्पन्न भयो । नेपालको सहभागिताले क्षेत्रीय एकीकरणलाई बढावा दिने र सदस्य राष्ट्रहरूबीच सामूहिक समृद्धि हासिल गर्ने प्रतिबद्धतालाई जोड दिएको छ ।
हाम्रो देशले भने बिम्स्टेकलाई आर्थिक वृद्धि र व्यापार विस्तारका लागि महत्वपूर्ण प्लेटफर्मको रूपमा लिएको छ । फलतः छैटौं बिम्स्टेक शिखर सम्मेलनको क्रममा, नेपालको प्रतिनिधिमण्डलको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । जुन नेपाल र थाइल्यान्डबीच कूटनीतिक सम्बन्ध भएको ६६ वर्षको इतिहासमा नेपाली प्रधानमन्त्रीको थाइल्यान्डको पहिलो आधिकारिक भ्रमण भएको थियो । जुन शिखर सम्मेलनले नेपाललाई क्षेत्रीय सहयोगमा आफ्नो हितलाई अगाडि बढाउँदै थाइल्यान्ड र अन्य सदस्य राष्ट्रहरूसँग द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्ने अवसर प्रदान गर्न सक्छ । वस्तुतः छैटौं बिम्स्टेक शिखर सम्मेलनमा नेपालको सहभागिताले कूटनीतिक र क्षेत्रीय संलग्नतामा महत्वपूर्ण कोशेढुङ्गा चिह्न लगाएको छ । जसले गर्दा थाइल्यान्डको बैंककमा आयोजित शिखर सम्मेलनले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)अन्तर्गत क्षेत्रीय सहयोगको बारेमा छलफल गर्न र अगाडि बढाउन सात सदस्य राष्ट्रहरूका नेताहरूलाई एकै ठाउँमा आपसी छलफल गर्न भेला भएका थिए । यसमा पनि नेपालको आर्थिक विकास, व्यापार विस्तार, पर्यटन प्रवर्द्धन र कूटनीतिक सम्बन्ध सुदृढीकरणका लागि बिम्स्टेक महत्वपूर्ण क्षेत्रीय संगठन हो । जसमा भन्ने नै हो भने नेपालले यस क्षेत्रीय सहयोगलाई प्रभावकारीरूपमा उपयोग गर्न सकेमा दीर्घकालीनरूपमा देशको समृद्धि सुनिश्चित गर्न सक्छ ।
बिम्स्टेकको मुख्य उद्देश्य भनेको आर्थिक वृद्धि, व्यापार, लगानी, यातायात, ऊर्जा, प्रविधि, पर्यटन, गरिबी निवारण, वातावरण संरक्षण, तथा जलवायु परिवर्तनलगायत विभिन्न क्षेत्रमा बहुपक्षीय सहकार्य गर्दै सदस्य राष्ट्रहरूबीच सम्बन्ध सुधार गर्नु हो । यसअघि बिम्स्टेकका १४ प्राथमिक क्षेत्रहरू थिए । जुन यस सम्मेलनबाट सात क्षेत्रमा पुनः संरचित गरियो । अतः नेपालले यी क्षेत्रहरूको पुनर्संरचनालाई सहजीकरणका दृष्टिकोणले सकारात्मक मानेको छ । नेपाललाई बिम्स्टेकको कृषि क्षेत्रको नेतृत्व गर्ने जिम्मेवारी दिइयो । यो नेपालको लागि ठूलो अवसर हो । किनभने यसले कृषि क्षेत्रको प्रवद्र्धनमा नेपाललाई निर्णायक भूमिका खेल्ने अवसर प्रदान गर्छ । जुन नेपाल सन् १९९८ मा बिम्स्टेकमा सदस्य राष्ट्रको रूपमा औपचारिकरूपमा सहभागी भएको थियो । नेपालले यस क्षेत्रीय संगठनलाई आर्थिक विकास, व्यापार विस्तार, यातायात सुधार, तथा सांस्कृतिक आदान–प्रदानका लागि महत्वपूर्ण मञ्चका रूपमा लिएको छ । यसरी छैटौं बिम्स्टेक शिखर सम्मेलनलाई सर्सर्ती अवलोकन गर्ने हो भने यसमा चुनौती र अवसरहरू पनि विद्यमान रहेका छन् । जसलाई भन्ने नै हो भने नेपालको सहभागिता सफल भए पनि क्षेत्रीय सहयोगको सम्भावनालाई पूर्ण रूपमा साकार पार्न चुनौतीहरू अझै पनि कायम छन् । जसमा राजनीतिक अस्थिरता, स्रोतको सीमितता र सदस्य राष्ट्रहरू बीचको फरक प्राथमिकताजस्ता मुद्दाहरूले प्रगतिमा बाधा पुर्याउन सक्छन् । यद्यपि, शिखर सम्मेलनले नेपाललाई बिम्स्टेकमा आफ्नो भूमिकालाई सुदृढ पार्न आफ्नो रणनीतिक स्थान र सांस्कृतिक सम्पदाको उपयोग गर्ने अवसर पनि प्रदान गर्न सक्छ । यसको अलवा छैटौं बिम्स्टेक शिखर सम्मेलनमा नेपालको सक्रिय संलग्नताले क्षेत्रीय सहयोग र विकासप्रतिको प्रतिबद्धतालाई जोड दिन्छ । जसबाट शिखर सम्मेलनको क्रममा प्राप्त उपलब्धिहरूले आर्थिक वृद्धि, सम्पर्क अभिवृद्धि र सांस्कृतिक आदानप्रदान प्रवर्द्धन गर्ने नेपालको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्छ । जसले गर्दा बिम्स्टेकको विकास जारी रहँदा, यस क्षेत्रीय पहलको भविष्यलाई आकार दिन नेपालको योगदानले महत्वपूर्ण भूमिका खेल्नेछ । यसको साथसाथै प्रधानमन्त्री ओलीले शिखर सम्मेलनलाई सम्बोधन गर्दै आर्थिक विकास, सामाजिक प्रगति र क्षेत्रीय स्थिरताको बिम्स्टेकको लक्ष्यप्रति नेपालको प्रतिबद्धता दोहो¥याउने कुरामा अनुमान लगाउन सकिन्छ । उनले कनेक्टिभिटी बढाउने, पर्यटन प्रवर्द्धन गर्ने र जलवायु परिवर्तनलाई सम्बोधन गर्नेलगायत नेपालको प्राथमिकताहरूलाई प्रकाश पार्ने कुरामा विश्वास गर्न सकिन्छ । तथापि शिखर सम्मेलनको छेउमा, ओलीले अन्य सदस्य राष्ट्रका नेताहरूसँग द्विपक्षीय भेटघाट गरे, पारस्परिक हित र सहयोगका क्षेत्रहरूमा छलफल गर्ने सम्बन्धित निकायबाट बुझिन आएको छ ।
नेपाली प्रतिनिधिमण्डलका प्रधानमन्त्री ओलीको यस पटकको थाइल्यान्ड भ्रमणका क्रममा नेपाल र थाइल्यान्डबीच संस्कृति आदान–प्रदानसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो । त्यसैगरी पर्यटन क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्रमा पनि हस्ताक्षर गर्ने तयारी रहेको बताइएको छ । त्यस्तैगरी काठमाडौं विश्वविद्यालय र थाइल्यान्डको एक विश्वविद्यालयबीच पनि कतिपय सम्झौता हुने कार्यक्रम छ । त्यस्तै, नेपाल नेत्रज्योति संघ र थाइल्यान्डको संस्थाबीच पनि एक सम्झौतामा हस्ताक्षर हुने तय भएको बताइएको छ । तसर्थ, विगतलाई स्मरण गर्ने हो भने नेपाल र थाइल्यान्डबीच सन् १९४९ को नोभेम्बर ३० मा औपचारिकरूपमा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । यसमा पनि भन्ने नै हो भने शताब्दीयौँ पुरानो सभ्यता र सांस्कृतिक सम्बन्ध रहेको भए पनि नेपालका सरकार प्रमुखबाट हालसम्म दक्षिणपूर्वी एसियाली मुलुक थाइल्यान्डको औपचारिक भ्रमण भएको थिएन । यसअघि सन् १९८३ मा थाइल्यान्डका तत्कालीन प्रधानमन्त्री प्रेम तिनसुलानोन्डाले नेपाल भ्रमण गर्नुभएको थियो । त्यसपछि हाल प्रम ओलीको यो भ्रमणबाट नेपाल र थाइल्यान्डबीच सांस्कृतिक गतिविधि तथा आर्थिक सम्बन्ध थप प्रगाढ बढाउन योगदान गर्ने अपेक्षा गरिएको छ । जहाँ विश्वमा चिनिने सगरमाथाको देश, बुद्ध धर्मलगायतका अन्य सांस्कृतिक र व्यापारिक सम्बन्धले पनि दुई देशबीच लामो समयदेखि मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको अवस्था छ । यसमा पनि भन्ने नै हो भने प्रधानमन्त्री ओलीको यो औपचारिक भ्रमणको पूर्वसन्ध्यामा नेपालका लागि थाइल्यान्डका राजदूत सुवापोङ सिरिसोर्नले गत साता मंगलबार नै उहाँसँग भेटेर द्विपक्षीय हित र भ्रमणको व्यवस्थापनलगायतका विभिन्न विषयहरूमा छलफल गर्नुभएको थियो । जसलेगर्दा दुवै देशहरूको कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपाल र थाइल्यान्डबीचको सम्बन्ध सधैँ सौहार्दपूर्ण र मैत्रीपूर्ण रहँदै आएको छ ।
निष्कर्षमा भन्नुपर्दा छैटौँ बिम्स्टेक शिखर सम्मेलन सफल हुनुको साथै नेपालको सक्रिय सहभागिताले क्षेत्रीय सहयोग र विकासप्रतिको यसको समर्पणलाई प्रतिबिम्बित भएको जनाउँछ । जसमा भन्ने नै हो भने जनता–जनता पहलमा नेतृत्व, प्रभावकारी नीति कार्यान्वयनको लागि वकालत र द्विपक्षीय सम्झौताहरूको अनुशरणमार्फत नेपालले बिम्स्टेकको उद्देश्यमा अर्थपूर्ण योगदान पुर्याउँछ । जुन शिखर सम्मेलनले नेपाल र सदस्य राष्ट्रहरूलाई सहकार्यलाई सुदृढ पार्न, साझा चुनौतीहरूलाई सम्बोधन गर्न र समृद्ध र एकीकृत क्षेत्रतर्फ काम गर्ने अवसर प्रदान गर्दछ । मूलतः छैटौं बिम्स्टेक शिखर सम्मेलनले नेपाललाई क्षेत्रीय सहयोगप्रतिको आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गर्ने र राष्ट्रिय विकास लक्ष्यहरूलाई अगाडि बढाउने बहुमूल्य अवसर प्रदान गर्ने अपेक्षा राख्न सकिन्छ । त्यसैगरी नेपालको सक्रिय सहभागिता र योगदानले यसको रणनीतिक दृष्टिकोण र क्षेत्रको भविष्यलाई आकार दिन रचनात्मक भूमिका खेल्ने दृढ संकल्पलाई प्रदर्शन गर्यो । जबकि बिम्स्टेक अगाडि बढ्दै जाँदा, नेपालले आफ्ना प्राथमिकताहरू कार्यान्वयन गर्ने, साझेदारीलाई सुदृढ पार्ने र संगठनको पूर्ण क्षमतालाई साकार पार्न अन्य सदस्य राष्ट्रहरूसँग काम गर्ने कुरामा केन्द्रित रहनुपर्छ । अतः नेपालको क्षेत्रीय सहभागिता र बिम्स्टेकको वृद्धिको भविष्य दिगो सहयोगी प्रयासहरू र समृद्धि, लचिलोपन र खुलापनको साझा मूल्यहरूप्रति दृढ समर्पणमा निर्भर गर्दछ ।