काठमाडौ । क्रिएक्स्टिना रोक्का र एन्हर्ब नेचुरलले ‘नयाँ वर्ष, नयाँ दृष्टिकोण’ उपहार योजना सार्वजनिक गरेको छ । कम्पनीले नयाँ वर्षको सुरुवातसँगै सार्वजनिक गरेको यस उपहार योजनाअन्तर्गत छ जना भाग्यशाली विजेताले आकर्षक उपहार जित्ने मौका पाउनेछन् ।
क्रिएक्स्टिना रोक्का इटालिमा उत्पादित युरोपियन सौन्दर्य ब्रान्ड हो भने एन्हर्ब नेचुरल भारतमा उत्पादित सौन्दर्य ब्रान्ड हो । यसअन्तर्गत क्रिएक्स्टिना रोक्काले उच्च गुणस्तरीय लिपिस्टिक, लिप ग्लस, मस्कारा, लिप ओयल आदि प्रोडकहरू उत्पादन गर्छ भने एन्हर्ब नेचुरलले सन क्रिम एसपिएफ ५०, अफ्टर सन क्लिनसर, सन रिकभरी जेल, फेस मास्कलगायतका ब्युटी प्रोडक्टहरू उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ । आधुनिक सौन्दर्य प्रवृत्ति र कालजयी आकर्षणलाई ध्यानमा राख्दै, यो ब्रान्डले आत्मविश्वास र व्यक्तिगत सौन्दर्यलाई अझ उजागर गर्न प्रेरणा दिने कम्पनीको दाबी छ ।
यस उपहार योजनामा सहभागी हुन इच्छुकहरूले कम्पनीको फेसबुक पेज वा इन्स्टाग्राम पेज लाइक, फलो गर्नुपर्ने हुन्छ । साथै, त्यहाँ पोस्ट गरिएको पोस्टलाई आफ्नो स्टोरीमा सेयर गरी चार जना साथीलाई ट्याग गर्नुपर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार विजेताको छनौट योजना समाप्तिपश्चात लक्की–ड्रमार्फत गरिने छ ।