काठमाडौ । महालक्ष्मी विकास बैंकले सात दशमलव ९९ प्रतिशत व्याजमै घरकर्जा दिने भएको छ । बैंकले नयाँ वर्ष २०८२ को अवसरमा ग्राहकहरूलाई लक्षित गरी महालक्ष्मी घर कर्जा एकल अंकको व्याजदर सात दशमलव ९९ प्रतिशतमा नै प्रदान गर्ने भएको हो ।
नयाँ वर्ष २०८२ को अवसरमा बैंकिङ क्षेत्रमा नै सस्तो तथा प्रतिस्पर्धी व्याजदर कायम रहने गरी ग्राहकहरूलाई घर खरिद गर्न/निर्माण गर्न/पुनर्निर्माण गर्न तथा अपार्टमेन्ट खरिद गर्न बैंकले यस्तो कर्जा प्रदान गर्नेछ । यस्तो कर्जा वातावरणीय विशेषता पुष्टि गर्न सक्ने तथा नवीकरणीय वा दिगो स्रोतहरूको प्रयोग गरिएको हुनुपर्छ । यस्तो कार्यबाट वातावरण संरक्षण गर्न, दिगो विकासको प्रबर्द्धन गर्न तथा नेपाल राष्ट्र बैकको नियामकीय निर्देशनको पालना गर्न समेत सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराइरहेको महालक्ष्मी विकास बैंकले हालै मात्र भारतको प्रतिष्ठित म्यागजिन ‘बिजनेस कनेक्ट’बाट ग्राहक केन्द्रित बैंकको अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ भने मोबाइल एप्लिकेसनलाई समेत परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ ।
‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्षदेखि अनवरतरूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकको हाल देशभर एक सय तीन वटा शाखा कार्यालयहरू र करिब आठ लाख ग्राहकहरू रहेका छन् ।