काठमाडौं । नेपालका लागि जापानका राजदूत मेएडा टोरूले केएनपी जापान प्रालिको कारखानाको अवलोकन गरेका छन् । उनले हालै गरेको वीरगञ्ज महानगरपालिका भ्रमणका क्रममा कारखानाको समेत अवलोकन गरेको कम्पनीले जनाएको छ ।
राजदूत टोरुलाई केएनपी जापान प्रालिका निर्देशक अशोक कुमार वैद्य र कारखानाका प्रबन्धक प्रवीण जाधवलगायत कारखानाका कर्मचारीहरूले स्वागत गरेका थिए । साथै, सम्पूर्ण कारखाना अवलोकन गराइएको थियो । राजदूत टोरुले जापान, भारत र नेपालबीचको संयुक्त साझेदारीमा सञ्चालन रहेको यस बहुराष्र्टि«य संयुक्त लगानीका उद्योगको कार्यप्रणाली तथा गुणस्तरप्रति प्रसन्नता व्यक्त गरेका थिए । उनले यस्तो सहयोगात्मक प्रयासले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे । राजदूत मेएडा टोरूले यस्ता बहुदेशीय लगानीका उद्योगहरूको प्रतिस्पर्धात्मक अवस्था विकसित गर्न अस्वस्थ्यकर समस्याहरूको समाधान गर्न नेपाल सरकारले तदारूकता साथ काम गर्ने कुरामा आशा व्यक्त गरेका थिए । हाल नेपालमा सञ्चालनमा रहेका जापानी उद्योगहरूको अनुभवका आधारमा थप लगानीको सम्भावना बढ्ने उनले बताए । यसअघि पनि दुई जना जापानी राजदूतहरूको अवलोकन भ्रमण केएनपी जापान प्रालिमा भएको थियो ।