काठमाडौं । हामी नेपालीको भविष्य राम्रो छ, राम्रा दिनहरू हाम्रो घर सघारमा आइपुगेको छ । हाम्रा आशा सपनाहरूलाई नमारौँ, हामीसँग समृद्ध बन्ने प्रशस्त अवसरहरू छन् । हामीले विगतमा गरेका गल्तीहरूको विश्लेषण गर्नुपर्छ । त्यही नै समाधान हुने छन् । जब गल्तीहरू हुन्छन् र त्यसलाई महसुस गर्यौँ भने विकासको सुरुवात हुन्छ । विश्वका सफल व्यक्तिहरूको इतिहास विश्लेषण गर्यौँ भने हामी सुन्न सक्छौँ कि उनीहरूको प्रगति कारण उनीहरूले समयमा गरेको साहसी निर्णय हो । उनीहरूले कसरी साहसी निर्णय लिए ? अनुभवहरूको आधारमा, उनले कसरी अनुभवहरू प्राप्त गरे ? विगतको असफलताबाट, त्यसैले असफलता भनेको राम्रो शिक्षा हो ।
हामी पनि विगत दुई सय ६० वर्षमा गरेका गलत निर्णय र असफलताहरूको विश्लेषण गरेर समाधान आफैँ निकाल्न सक्छौँ । हामी धेरै कठिनाइहरू सामना गरेर यहाँसम्म पुगेका छौँ, ठूला–ठूला भूकम्पहरू, बाढीहरू, हजारौँको जीवन गुम्ने गरी भएको आन्दोलन भए । तर हामी कहिल्यै पनि निराश भएनाँै र डटेर सामना गर्यौँ । भगवान्ले हामीलाई रक्षा गरिरहनुभएको छ । अब हाम्रो पालो आएको छ । हामी नेपाल र नेपालीको विकासको लागि विश्वका नवीनतम प्रविधिहरू अपनाई, हाम्रो स्रोतसाधन, हाम्रा बलिया पाखुराहरू, हाम्रो पुँजी, सदुपयोग गरी र हामी विश्वको सबैभन्दा खुसी रहेको समृद्ध देश हुनेछौँ ।
हाम्रो नेपाल पशुपतिनाथको भूमि हो, माता गुहेश्वरीको शक्ति स्थल हो, भगवान् बुद्धको जन्मस्थल हो, सबै सञ्चित शक्तिहरूको सदुपयोग हुनेछन् ।पृथ्वी गोलो छ, काहीँ अँध्यारो छ, काहीँ उज्यालो हुन्छ त्यस्तैगरी कहिले कसैको पालो कहिले कसैको । टाउकोको मोल राखेका व्यक्तिहरूले पनि सत्ताको सुख लिए र टाउकोको मोल राख्नेहरू नजरबन्दमा छन् । ती शासकहरू सबै आफूलाई र आफन्तलाई गर्दै आएको थिए, त्यसैले तिनीहरूको नाम कसैले लिन चाहिँदैन अब पालो सच्चा देश भक्तको र विकासको समृद्धिको हो ।
आशा मर्नुको कारण, आधारभूत कुराहरू खाद्यान्न आयात हुने (गुणस्तरको सुनिश्चितता नहुने, केही व्यापारीहरूद्वारा सिन्डिकेट गरिएको हुने), आवास÷ घरहरू (अव्यवस्थित, आधारभूत सुविधाहरू, सडक, पिउने पानी, सरसफाइ प्रदान गर्न सकेनन्), कपडा (सबै आयात गर्दै, गुणस्तर सुनिश्चितता छैन, मूल्य नियन्त्रण छैन), स्वास्थ्य सेवा (धेरै कमजोर, गुणस्तरमा भर पर्न सकिँदैन), शिक्षा (अन्तर्राष्ट्रिय मापदण्ड र व्यावहारिकरूपमा छैन) सुरक्षा (धेरै कमजोर, प्रहरीमा भ्रष्टाचार), न्याय (धेरै कमजोर, महान्यायाधिवक्ता र अदालतमा भ्रष्टाचार), सामाजिक सुरक्षा (लगभग छैन), बढ्दो असमानता, देशको वित्तीय स्थिति दिवालियापनतर्फ छ, बढ्दो भ्रष्टाचार, सुशासनको अभाव, कानुनको पालना नियम छैन, धेरै पदहरू बिक्रीयोग्य छन् । यसको कारक अस्थिर सरकार र गैरजिम्मेवार नेताहरू हुन् ।
नीति बनाउनेहरूको विपरीत सोच पनि हाम्रो विकासको बाधक हो । बिहान सबेरै समाचारपत्रमा रेमिट्यान्सलाई स्वागत गरेको र गौरव ठानेको कुरामा हामी गर्व महसुस गर्छौं । तर हामी नेपालबाट दैनिक लगभग तीन हजार युवाहरू विदेशिएको कुरालाई बेवास्ता गर्छौं । विमानस्थलमा भर्खर बिहे गरेर भित्रिएकी श्रीमती, छोराछोरीहरू, बुढा आमाबुबाहरूको आँसुसँगै दैनिक २० जनाको शव देखिरहेका हुन्छौँ । विदेशमा कडा परिश्रम गरेर कमाउँछन् तर यहाँ उनको परिवारले सुनका सामान, मोबाइल र अन्य विलासी सामानहरू किन्नमा प्रयोग गरेका हुन्छन् । जब उनी फर्कन्छन्, उनको आफ्नो मिर्गौला बिग्रेको हुन्छ । किनभने मध्यपूर्वमा पानी धेरै महँगो छ र उनको कमाइ यहाँ उनको परिवारले खर्च गरिसकेको हुन्छ ।
सको काम गर्ने उमेर अन्य देशहरूको विकासमा बितिसकेको हुन्छ र स्वदेश फर्किँदा सबै कुरा बिग्रिएको हुन्छ । उनका छोराछोरीलाई किशोरावस्थामा चाहिने अभिभावकको अभाबले उनी बिग्रिएका छन् । कसैले लागूपदार्थ र मदिरा सेवन गरिरहेका हुन्छन् र परिवारमा अशान्ति छाएको हुन्छ । उनीहरूले कमाएको पैसा सबै उपभोगमा सकिने, उत्पादनमा नलाग्ने अनि उनीहरूको जिन्दगी सधैं अस्थिर छ । डिप्रेसनमा भएका बिमारीहरू, अविवाहित आमाहरू आफ्नो बच्चाको नागरिकताको लागि प्रयास गरिरहेका छन् । युवाहरूले आफ्नी श्रीमतीको हत्या गर्ने युवाहरू सम्बन्धविच्छेदका लागि अदालतमा धाइरहेका दम्पतीहरू, लागूपदार्थ सेवन गरिरहेका बच्चाहरू, अपराधमा संलग्न बच्चाहरू विदेशी रोजगारीका कारण हामी जन्माएका उत्पादनहरू हुन्, जसलाई हामीले गणना गर्न सकेका छैनौँ ।
नेपाल विकास नहुनुको कारण गैरजिम्मेवारीपन, आफ्नो व्यक्तिगत कुरामा झुकाव राख्ने, प्रतिबद्धताको अभाव, भ्रष्टाचारमा प्रतिस्पर्धा, कानुन उल्लङ्घनमा प्रतिस्पर्धा, नियम र नियमन उल्लङ्घनको डरको अभाव, आफ्नै शक्ति र सम्पत्तिमा केन्द्रित, अनुचित नियम÷नीति, प्रणाली नै भ्रष्टाचारयुक्त, कर्मचारीहरू भ्रष्टाचारमा संलग्न गराउनु, महँगो चुनाव प्रणाली र वृद्धिका कारण नेताहरू भ्रष्टाचारमा संलग्न भएका हुन् । मन्त्रिपरिषद्ले गैरकानुनी निर्णय गरेको हुन्छ, लोकतन्त्रमा संसद्मा राजाको वकालत गर्नेलाई कारबाही हँुदैन, अदालतले गैरकानुनी निर्णय गरेका उदाहरणहरू छन् ।
ट्रान्सपरेन्सी इन्टरनेसनलअनुसार हाम्रो देश भ्रष्टाचार बढी हुने देशको सूचीमा छ । एक सयमा जम्मा हाम्रो नम्बर ३४ मात्रै आयो । एक सय ८० देशमा एक सय सातौंमा छ । विगत वर्ष ३५ नम्बर पाएको थियो । हाम्रो पासपोर्टको स्तर ८५ औँ छ । हामीलाइ एक सय ४४ देशमा जनाको लागि अग्रिम भिसा चाहिन्छ । जबकि युएईका जनतालाई एक सय ७९ देशमा भिसा चाहिँदैन । यो भनेको हामी नेपालीलाई एक सय ४४ देशले पत्याउदैनन् । उता गैरकानुनी कामलाई अनदेखा गर्ने र गैरकानुनी सम्पतीलाई मान्यता दिने कारणले हाम्रो देश ग्रे–लिस्टमा परेको छ । यी सबै नेपालमा भएको कमजोर सुशासन परिणाम हो । हाम्रो देशको आर्थिक अवस्था निकै कम्जोर छ । राजस्वको ४०÷४५ प्रतिशत रकम ऋणको सावाँ र व्याज बुझाउनमा जान्छ । अहिले नेपालले दिनमा साढे एक अर्ब आन्तरिक ऋण लिएर देशको खर्च चलाएको छ ।
सरकारले कानुनलाई बेवास्ता गर्नु अहिलेको ठूलो रोग हो । ठूला पद धारण गरेका व्यक्तिहरूले मेरो पद नेपालको कानुनअनुसार तोकिएको हो भन्ने कुरा भुलेका हुन्छन् । उनी गरिब जनताको करबाट सुविधा लिइरहेका छन्, गरिब जनताको काँधमा ऋण थुपारेका छन् ।देश चलाउने पदाधिकारीहरू सोच्छन् कि नेपाली जनता मूर्ख छन् । असहाय छन्, हामी शासक हौँ, कानुन केवल सर्वसाधारणका लागि हो, हामी जे गर्छौं त्यो कानुन हो । तर नेपाली जनता मूर्ख छैनन्, तिनीहरू नियुक्त÷निर्वाचित व्यक्तिहरूलाई विश्वास गरेर बसेका हुन्छन् । जब कसैले विश्वासमाथि घात हुन्छ भने तिनीहरूले के गर्न सक्छन् भन्ने कुरा समयसमयमा देख्छन् । राजतन्त्र जान्छ भन्ने कुरा पूर्वराजाले सोचेका थिएनन् होला । शासकहरूले जनताको इमान्दारीलाई कमजोरी मानिरहेका छन् । यो केवल दुर्भाग्य हो । जब सामान्य इमानदार मानिसहरूको बाढी आउँछ, यी मानिसहरूले एक ओत पनि नपाउने स्थिति आउँछ ।
नेपालमा विकास गर्छु भनी ठेक्का लिएका हाम्रा नेताहरूले गल्ती गरेर हामी दुःख भोगिरहेका छौँ । हामी नक्कली जीवनशैली अपनाइरहेका छौँ, हामीले हाम्रो संस्कृतिलाई बेवास्ता गरेका छौँ । हामी पश्चिमी संस्कृति अपनाउन सकेनौँ । आफ्नो छोडी सक्यौँ, अहिले हामी कतै छैनौँ । हाम्रो शिक्षा प्रणाली स्कुल र कलेज गएर डिग्री मात्र प्राप्त गर्ने गरी डिजाइन गरिएको छ, व्यावहारिक शिक्षा छैन र अन्तर्राष्ट्रिय बजारमा मान्य योग्यता छैन । हामी विकसित देशहरूबाट चन्दा स्वीकार गरिरहेका छौँ । यसको अर्थ हामी भिखारी छौँ, हामी मानसिकरूपमा गरिब छौँ । हामीलाई कहिल्यै लाग्दैन कि राष्ट्र हाम्रो घर हो, हामी राष्ट्रलाई रोजगारदाता मान्छौँ, हामी प्रत्येकले अर्काको लागि काम गर्छौँ । हामी जिम्मेवारी लिइरहेका छैनौँ, संविधानको धारा ४८ अनुसार राष्ट्रको रक्षा गर्ने जिम्मेवारी पनि नेपालका जनताको पनि हो, हामी अरूको काममा मात्र टिप्पणी गर्छौं ।
हामी ठूलो गलत सोच लिएर सरकार चलाउँछौँ । साना कर्मचारी वा नेताहरूले भन्छन्, ठूलाले गर्नेछन्, ठूलाले भन्छन् मन्त्रीले गर्नेछन्, मन्त्रीले भन्छन् प्रधानमन्त्रीले गर्नेछन्, प्रधानमन्त्रीले भन्छन्, अन्तर्राष्ट्रिय वातावरण अनुकूल छैन । सरकारको कुनै पनि निर्णय राष्ट्रको लागि ग¥यो र अन्य देशहरूले हस्तक्षेप गरे भने त्यसको कुनै उदाहरण छैन । हामी असक्षम छौँ भने हामी अरूलाई दोष दिन्छौँ । नीति बनाउने व्यक्तिसँग धरातलीय वास्तविक अवस्थाको ज्ञान हुँदैन वा अनदेखा गरेका हुन्छन् । धरातलीय वास्तविक अवस्था भएकाहरू नीति बनाउने ठाउँमा पुग्दैनन् । हामीले आउने वास्तविक परिणामको लागि होइन, काम देखाउनका लागि नीति बनाइन्छ । अस्थिर सरकार पनि हाम्रो असफलताको कारण हो । विगत ३५ वर्षमा २७ भन्दा बढी सरकारहरू भए । अस्थिर सरकारले राम्रो काम गर्न सक्दैन, योजना बनाउन कम्तीमा छ महिना, नियम र कानुन बनाउन छ महिना, वित्त व्यवस्था गर्न छ महिना, कार्यान्वयन र मूल्याङ्कनका लागि एक वर्ष लाग्छ । जब मानिसहरू परिवर्तन हुन्छन्, सबै कुरा परिवर्तन हुनेछ, कोही पनि अघिल्लो सरकारको जिम्मेवारी लिन तयार हुँदैन ।
जब सरकार अस्थिर हुन्छ, कर्मचारीहरू र राजनीतिज्ञहरू जनताको हितको सट्टा आफ्नो व्यक्तिगत हित र दलको हितको लागि सोच्छन् । जब उनी शक्ति र सम्पत्ति कमाउन सफल हुन्छन् । अरू मानिसहरूले उनलाई ढाल्न र उनको कुर्सी लिन अतिरिक्त प्रयास गर्छन् । केही समूहले फाइदा पाउँछन् तर जनताले दुःख पाउँछन् । यदि कुनै नेताले राम्रो योजना बनाएर राष्ट्रको लागि सोच्छ भने उसलाई ढाल्न धेरै गाह्रो हुन्छ । किनकि उसले जनताको समर्थन पाउँछ तर यहाँ सबै नक्कली कामहरू गरिन्छन् र यी नेताहरूले जनताको समर्थन पाउन सक्दैनन् । अर्को विकल्प नभएर यही पार्टीहरूलाई भोट हालेका हुन्छन् । तर उनीहरू सोच्छन् कि हामीलाई समर्थन छ, जुन कुरो साँचो होइन ।
व्यापारीहरूबाट निर्देशित नीति पनि हाम्रो असफलताको कारण हो । व्यवसायीको अवधारणा भनेको अधिकतम पैसा कमाउनु हो तर सार्वजनिक सेवकको अवधारणा भनेको जनतालाई उत्तम सेवा प्रदान गर्नु हो । जब व्यापारीहरू नीति बनाउने शक्तिमा हुन्छन्, तिनीहरूले सार्वजनिक पद धारण गरेका व्यक्तिहरूसँग साझेदारी गरेका हुन्छन् । देश कहिल्यै सफल हुँदैन, जसको कारणले राजस्व संकलन कमी हुन्छ, देश गरिब, सार्वजनिक पदधारण गरेका व्यक्तिहरू र व्यापारीहरू धनि हुन्छन् । धेरै व्यवसायीहरू नीति तर्जुमा मा हस्तक्षेप गर्न राजनीतिमा सामेल हुन्छन् । नेपालमा, ठूला व्यवसायीहरू आफ्नो पक्षमा नियम बनाउन र उनीहरूले गरेको आर्थिक अपराधबाट आफूलाई बचाउन राजनीतिक दलतिर झुकाव राखेका हुन्छन र मौकामा देशलाइ घात गरी आफ्नो फाइदा गरेका हुन्छन ।
समाजले अपराध बाट आर्जन गरेको धनलाइलाई स्वीकार गर्नु पनि देश विकास नहुनुमा एक कारण हो । अधिकांश अपराधीहरू (राजनीतिक नेताहरू, कर्मचारीहरू र व्यवसायीहरू) खुलेआम आर्थिक अपराधमा संलग्न हुन्छन् तर समाजले बहिष्कारको साटो उनीहरूलाई ठूलो मानेको हुन्छ । उनि हरूको समाजमा प्रसंसा गरिएको हुन्छ ।
प्रमुख राजनीतिक दलहरूको सिन्डिकेशनले देश असफल तिर गएको छ । राष्ट्रका सबै अंगहरू ( व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका ) प्रमुख राजनीतिक दलहरूको सिन्डिकेशनबाट प्रभावित छ । शीर्ष राजनीतिज्ञहरू अपराधमा साझेदार भएका हुन्छन् । तिनीहरू सबै एकअर्काका अपराधहरूको लागि एकअर्कामा परिचित हुन्छन, त्यसैले ठूलो आर्थिक अपराध साझेदारी हुन्छन । संविधान, ऐन नियमहरू अपराधमा संग्लंन नेताहरूको हितमा मस्यौदा गरिन्छ । नजिकका कर्मचारी हरूमध्येबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखको, राजस्व अनुसन्धान विभाग र आन्तरिक राजस्व बिभाग, समाप्ति सुद्दिकरण अनुसन्धान बिभागका महानिर्देशकहरू को नियुक्ति हुन्छ, सम्बन्धित व्यापारीक घरानाहरूलाई सहयोग हुने गरी गरिएको हुन्छ । सबै सस्थानहरूमा आफ्नै व्यक्तिको कार्यकारीहरूको नियुक्ति ताकि निगम घाटामा चलाएर र फाइदा अपराधीहरूलाई हुने गरी गरिन्छ । अदालतहरूमा नजिकका व्यक्तिबाट न्यायाधीशहरूको नियुक्ति गरेर राजनीतिक दलहरूबाट प्रत्यक्ष रूपमा प्रभावित छन् । अधिकतम अवस्थामा तिनीहरूले राजनीतिज्ञहरूलाई संरक्षण गरेका हुन्छन । परिणामस्वरूप देशमा भ्रष्टाचार, कर छली, सम्पत्ति शुद्धीकरण जस्ता अपराधहरू संस्थागत भएका छन् ।
हामी एकछिन विश्वस्त होऔ, दिन इमान्दार हो आउदै छ । पाप कुर्ले पछि धर्मको सुरुवात हुन्छ । कलि युग सकेपछि सत्य युगको सुरुवात हुने जस्तै देशमा अपराधिकरण चरम सिमामा पुगेका कारण सकारात्मक संकेतहरू देखा पर्न लगेका छन् । संचार माध्यमका कारणले आजकल गलत कामहरू लुकाउन धेरै गाह्रो भएको छ, सूचनाको अधिकार ऐनका कारण जनताले सूचना लिन सक्छन, मानिसहरूले संसारभरि सबै जानकारी प्राप्त गर्न सक्छन्, प्रविधिमा परिवर्तनका कारण सबैले कुरा जाँच बुझ गर्न सक्छन् । जब कसैले धेरै पैसा कमाउँछ र घर निर्माणमा खर्च गर्छ र आफ्नो बच्चाको विवाहको समारोहमा खर्च गर्छ भने यो भने यो जनताले हेरेका हुन्छन । सामान्य मानिसहरू तुरुन्तै लड्न सक्दैनन् तर जब समाजमा कुरा बढेको हुन्छ तब समाज स्वतः लड्छ । जब सबै सीमाहरू नाघ्छन्, भ्रष्ट मानिसहरूलाई दण्डित हुन्छन । आजकल भ्रष्ट नेताहरू र कर्मचारीहरूको धेरै सम्पत्ति जफत भइरहेका छन् । जब खुला भ्रष्टाचार हुन्छ, अनुसन्धान अधिकारीहरूले ति अपराधी लाइ बचाउन धेरै गाह्रो पर्छ ।
हामीले प्रकृति र भगवानमा पनि विश्वास गर्नुपर्छ । यो भगवान पशुपतिनाथको स्थान हो । उहाँले सूक्ष्म रूपमा अवलोकन गरिरहनुभएको छ । नेपाली नेता र कर्मचारीहरूले मन्दिरमा पनि भ्रष्टाचार गर्न छोडेका छैनन् । अपराधीहरूले जेल जानबाट जोगिन र आफ्नो कमाई जोगाउन पद धारण गर्नुपर्छ तर तिनीहरूलाई थाहा छैन कि गैरकानुनी सधैं गैरकानुनी हुन्छ । धेरै राजनीतिज्ञ र नोकरशाहहरूले सहकारी संस्थाहरूमा पैसा जम्मा गरे, सहकारी संस्थाहरू समस्यामा परे र तिनीहरूले आफ्नो भ्रष्ट कमाई गुमाए । भ्रष्टाचारीले भ्रष्टधन कतै लगानी गरेको हुन्छ, जब उसको मृत्यु हुन्छ, त्यो लगानी डुबेको हुन्छ, लगानी लिने व्यक्तिले ती लगानीकर्ताका सन्तानलाई लगानी फिर्ता गर्न अस्वीकार गर्छ । किनभने त्यहाँ कुनै औपचारिक कागजात हुँदैन, उसको दिमागमा पनि हुन्छ कि यो लुटको धन हो । यो लुट्नेलाई कुनै पाप लाग्दैन । यस्ता घटनाहरू प्रशस्तै देख्न र सुन्न पाइएको छ ।
एफएटीएफ÷एपीजीले हाम्रो देशलाई खैरो सूचीमा राखेको छ । अब सरकारले सूचीबाट बाहिर निस्कन धेरै प्रयास गर्नुपर्नेछ, त्यतिबेला अवैध पैसाको कारोबार तस्करी गरेको धन र अपराधीहरूलाई जोगाउन धेरै गाह्रो हुने अवस्था आएको छ । वैदेशिक रोजगारी र विदेशी शिक्षाको सोचले र गलत निर्णयका कारण हाम्रो समाज पूर्णरूपमा ध्वस्त भयो । देश छोडेर गएकाहरू खुसी छैनन् र उनीहरूको परिवार पनि यहाँ खुसी छैनन् । अपराध दिनप्रतिदिन बढ्दै गइरहेको छ । अब सबै मानिसहरूले जीवन, सम्मान आदि नभएको बेला आर्थिक कमाइको के अर्थ छ भन्ने महसुस गरिरहेका छन् । सामाजिक सञ्जालमा वृद्धिको कारण, सामान्य मानिसहरूलाई अधिकतम कुराहरू थाहा भएको छ । त्यसकारणले सोचमा परिवर्तन हुन लागेको छ । अहिले सहरी युवाहरू बाहिर जान छोडिसकेका छन् ।
सम्पूर्ण विश्व समस्यामा छ । विशेषगरी अमेरिका ठूलो आर्थिक समस्यामा छ । युरोपेलीहरू पनि समस्यामा छन् । भविष्य दक्षिण एसिया मात्र हो जहाँ लगभग ४० प्रतिशत जनसंख्या छ । भारत र चीनलाई समस्या पर्ने छैन । किनकि उनीहरूको आफ्नै बजार÷उपभोक्ताहरू छन् । हरेक क्षेत्रमा विद्युतीकरणको कारण इन्धनको खपत घट्नेछ र तेल निर्यातकर्ताहरू (मध्यपूर्व)को प्रगति ओरालो लाग्ने प्रवृत्तिमा छ । हामी नेपालीहरू ठूलो सम्भावना भएका हौँ । इमानदार र मेहनती छौँ, नक्कली जीवनस्तर छोडेर वास्तविक जीवनमा बाँच्नेछौं, हामी सबै नक्कली चीजहरू त्याग्नेछौँ । सन् २०४०सम्म हामी दक्षिण एसियाको सबैभन्दा राम्रो देश हुनेछौँ ।
हाम्रो प्रतिव्यक्ति आय पाँच हजार अमेरिकी डलरभन्दा बढी हुनेछ । हाम्रो जीडीपी तीन सय अर्ब अमेरिकी डलर हुनेछ । विश्वका कम्तीमा ७५ देशहरूले आगमनमा भिसा प्रदान गर्नेछन् । ९० प्रतिशत एनआरएनलाई नेपाल फिर्ता गरिनेछ । वार्षिक पर्यटक आगमन २० मिलियन हुनेछ, बेरोजगारी दर दुई प्रतिशतभन्दा कम हुनेछ । खाद्यान्नमा आत्मनिर्भर हुनेछौँ । वार्षिक निर्यात ५० अर्ब अमेरिकी डलर हुनेछ । नेपाल सबै प्रकारका पर्यटन (खेलकुद, साहसिक कार्य, तीर्थयात्री आदि)को लागि उत्तम ठाउँ हुनेछ । विश्वका सबै शीर्ष विश्वविद्यालयहरूसँग सम्झौता गरेपछि नेपाल शिक्षाका लागि उत्तम ठाउँ हुनेछ, नेपालले उत्कृष्ट चिकित्सा सेवा प्रदान गर्नेछ, जसले गर्दा चिकित्सा पर्यटन बढ्नेछ । भ्रष्टाचार लगभग शून्य हुनेछ, हामीले एक सयमध्ये ८० प्रतिशत पाउनेछौँ । अपराध धेरै कम हुनेछ, सबै अदालतहरू भ्रष्टाचारमुक्त हुनेछन् र नेपाली जनताले निष्पक्ष न्याय पाउनेछन् । संसारले हाम्रो अनुशरण गर्नेछ, कागजविहीन सरकार हुनेछ, सम्पूर्ण सुविधा सम्पन्न सामूहिक आवास विकास गरिने छन् । हरेक मिटर जग्गा उत्पादनका लागि प्रयोग गरिनेछ । हरेक नेपालीहरूको एक–एक घण्टा नेपाल र उनीहरूको जीवनको उन्नतिको लागि प्रयोग गरिनेछ । सरकारले जनतालाई सर्वोपरी मानी सबै नेपालीहरूको गास, बास, पोशाक, स्वास्थ्य, शिक्षा र सुरक्षाको प्रत्याभूत गर्नेछ ।
हाम्रो ४४ प्रतिशत जमिन वनले ढाकेको छ । हामी वनको सबै सम्भावनाहरूको अन्वेषण गर्नेछौँ । यदि हामीले आज सम्पूर्ण वन (काठ) बेच्यौँ भने हामी सात सय अर्ब अमेरिकी डलरभन्दा बढी कमाउन सक्छौँ । हामी सम्पूर्ण वनमा फडानी गर्ने, फडानी गरेको ठाउँमा पुनः वृक्षारोपण, सम्भार, पुनः फडानी र औद्योगिकीकरण गर्ने कार्यक्रम बनाउनेछौँ । जुनै पनि काठजन्य बिरुवा ३५ वर्षमा तयार हुन्छ त्यसैले ७०० अर्बलाई भाग गर्यौं भने, वनबाट हाम्रो राजस्व प्रति वर्ष २० अर्ब अमेरिकी डलर हुनेछ । हामी यस क्षेत्रबाट आगामी ५ वर्षमा ३० लाख भन्दा बढीको रोजगारी सिर्जना गर्न सक्छौं ।
कृषि क्षेत्र भन्ने हो भने, हामी संग सबै प्रकारको जमिन छ पनि छ, हामी संग श्रम शक्ति छ, हामी धनी छौं । हामी मेहनती छौं, हाम्रो करोड घरेलु बजार ३ जनताको छ , छिमेकीहरू १४० करोड चिनियाँ, १४० करोड भारतीय, १७ करोड बंगलादेश छन् । हामी भारत र चीन संग रेल यातायातको विकास गर्नेछौं, स्वचालित रूपमा जीवनयापन लागत घट्नेछ, हाम्रो निर्यात बढ्नेछ, हाम्रो पर्यटक आगमनमा उल्लेखनीय वृद्धि हुनेछ । हामीले जे उत्पादन गर्छौं त्यो हामी त्यहाँ बेच्न सक्छौं । हामी उनीहरूको आवश्यकता र स्वाद अनुसार उत्पादन गर्नेछौं । चीनले प्रतिवर्ष २ अर्ब अमेरिकी डलरभन्दा बढीको दुध पाउडर आयात गर्छ, हामी दूधको धुलो निर्यात गर्न सक्छौं ताकि कुनै पनि दुधको बिदा ( ःष्पि जयष्मिबथ ) नहोस्, चीनले प्रतिवर्ष १ अर्ब अमेरिकी डलरभन्दा बढीको सुर्ती आयात गर्छ र जापानले प्रतिवर्ष २ अर्ब अमेरिकी डलरभन्दा बढीको सुर्ती आयात गर्छ । महाभारत पर्वत शृङ्खलामा हामी जहाँ मकै खेती गर्छौं, त्यहाँ हामी सुर्ती खेती गर्नेछौं र त्यहाँ पठाउँछौं, हाम्रा किसानहरू धनी हुनेछन्।आगामी ५ वर्षमा सुर्तीको निर्यात चार अर्ब डलरको हुनेछ । त्यस्तै, हामीसँग १५ लाख हेक्टर जमिनबाट कफी उत्पादनको लागि उपयुक्त छ, हामी एक वर्षमा तीन अर्ब अमेरिकी डलरभन्दा बढीको कफी निर्यात गर्न सक्छौँ र गर्नेछौँ ।
भारत सरकारले कुसल व्यवस्थापनका साथ प्रयागराजमा हिन्दुहरूको कुम्भ मेला आयोजजा ग¥यो, फलस्वरूप ४५ दिनमा ६० करोडभन्दा बढी मानिसहरूले भ्रमण गरे र भारतको जीडीपी ३५ अर्ब डलरले बढ्यो, उज्जैन महांकाल विकास भयो । एक वर्षमा तीन करोडभन्दा बढी आगन्तुकहरूले भ्रमण गरे । हामीले पनि पशुपतिनाथ, स्वर्गद्वारी, लुम्बिनी, जनकपुर, मुक्तिनाथलाई उचित व्यवस्थापनको साथ विकास गर्छौँ । हामी एक वर्षमा कम्तीमा दुई करोड पर्यटकको भित्र्याउने कार्य गर्नेछौँ । यदि एक पर्यटकले नेपालमा ५० हजार खर्च गर्छ भने १० खर्ब देशमा भित्रिने छ । होटलहरू चल्नेछन्, हस्तकला उद्योग चल्नेछन्, रोजगारीहरू बढ्नेछन् ।