काठमाडौं, साउन १५
ग्लोबल आईएमई बैंक लिमिटेडले सुर्खेतको बड्डीचौरमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले सेवाग्राहीको बढ्दो चापर बिस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै सुर्खेत जिल्लाको बराहताल गाउँपालिका वडा नं. ५, बड्डीचौरमा बैंकिङ सेवा प्रदान गर्नेगरी एक्सटेन्सन काउन्टर सुरु गरेको हो ।
बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले ७० वटा जिल्लामा फैलिएको शाखा सञ्जालसहित दुुई सय ३३ एटीएम, ३९ एक्सटेन्सन काउन्टर तथा राजस्व संकलन काउन्टर, दुुई सय एकवटा शाखारहित बैंकिङ सेवा र तीनवटा अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालयमार्फत आफ्ना १९ लाखभन्दा बढी ग्राहकहरूमाझ सेवा प्रदान गर्दै आइरहेको छ । कोरोनाले त्रसित बनाइरहेको अवस्थामा पनि ग्राहकलाई निरन्तर बैंकिङ सेवा प्रदान गर्न ग्लोबल आईएमई बैंक सदा तत्पर रहेको जानकारी समेत बैंकले दिएको छ ।