काठमाडौं । शेयर बजार परिसुचक नेप्से पुन उकालो लागेको छ । अघिल्लो दिन २७ अंकले उकालो लागेको नेप्से पसिरसुचक साताको चौंथो कारोबार दिन आज बुधबार सात दशमलव एक अंकले उकालो लागेर २६ सय ९६ दशमलव २३ बिन्दुमा चढेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ३० अंकले उकालो लागेर चार सय ५१ दशमलव ८२ बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय २९ वटा कम्पनीहरुको ६४ हजार तीन सय ६० पटक शेयर किनबेच भएको छ । जसबाट एक करोड ६६ लाख ११ हजार पाँच सय ३२ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम सात अर्ब २६ करोड ५१ लाख २२ हजार दुई सय ४१ रुपैैयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, सामुहिक लगानी कोष र व्यापार सहितका सात वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् भने फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक र अन्य सहितका छ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।