काठमाडौँ । सुनको मूल्य हालसम्मकै उच्च भइ तोलाको एक लाख ९० हजार ६०० पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बुधबार प्रतितोला एक लाख ८७ हजारमा कारोबार भएको सुन बिहीबार तोलामा तीन हजार ६०० ले बृद्धि भई एक लाख ९० हजार ६०० पुगेको जनाएको छ ।