काठमाडौं । बीवाईडी अटो इन्डस्ट्रीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले नेपालमा बिक्री हुने सबै बीवाईडी इलेक्ट्रिक भेइकल (ईभी)मा व्यापक विस्तारित वारेन्टी नीति अर्थात् कम्प्रिहेन्सिभ एक्सटेन्डेड वारेन्टी नीति लागू गर्ने घोषणा गरेको छ ।
ईभीको आफ्टर सेल्स सपोर्टका क्षेत्रमा यो उद्योगकै नयाँ बेन्चमार्क बन्ने कम्पनीको दाबी छ । बीवाईडीका एड्भान्स्ड इलेक्ट्रिक भेइकल टेक्नोलोजीमा उपलब्ध ग्राहक सन्तुष्टि र आत्मविश्वासको अटल प्रतिबद्धतालाई अझै बढाउन कम्पनीले नयाँ वारेन्टी उपलब्ध गराउने भएको हो । कम्पनीका अनुसार ब्याट्री वारेन्टी पहिले उपलब्ध आठ वर्ष वा एक लाख ६० हजार किलोमिटरको वारेन्टीलाई बढाएर १० वर्ष वा दुई लाख किलोमिटर पुर्याइएको छ । यो ईभी उद्योगकै सबैभन्दा लामो वारेन्टी कभरेज हो ।
यस्तै, मोटर वारेन्टीलाई आठ वर्ष वा एक लाख ५० हजार किलोमिटरबाट बढाएर १० वर्ष वा दुई लाख किलोमिटर पु¥याइएको छ । यसले लामो समयसम्म मानसिक शान्ति सुनिश्चित गर्नेछ । होल भेइकल वारेन्टीलाई लाइट, टायर प्रेसर मोनिटरिङ मोड्युल, सस्पेन्सन र बल ज्वाइन्टलगायतका कम्पोनेन्टमा हाल उपलब्ध चार वर्ष वा एक लाख किलोमिटरको वारेन्टी बढाएर पाँच वर्ष वा एक लाख २५ हजार किलोमिटर पुर्याइएको कम्पनीले जनाएको छ । जनरल भेइकल पाट्र्स वारेन्टीमा अन्य कन्जुमेबल तथा आयल, चार्जिङ इक्विपमेन्ट, गिफ्ट र रेफ्रिजेरेटरलगायतका विभिन्न पाट्र्सबाहेकका सबै भेइकल पाट्र्समा रहेको छ वर्ष वा एक लाख ५० हजार किलोमिटर वारेन्टीलाई बढाएर सात दशमलव पाँच वर्ष वा एक लाख ८७ हजार पाँच सय किलोमिटर पु¥याइएको छ ।
कम्पनीका अनुसार यो एक्सटेन्डेड वारेन्टी नीतिले बीवाईडी ईभीको टिकाउपना, राम्रो पर्फमेन्स र विश्वसनियताप्रतिको बलियो विश्वासलाई झल्काउँछ । ग्राहकलाई विश्वासको अनुपम भावना र दीर्घकालीन आश्वासन प्रदान गर्ने गरी यसको डिजाइन गरिएको कम्पनीको दाबी छ । यसले ईभीको अपनत्वलाई एउटा तनावरहित अनुभव प्रदान गर्नेछ । साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठले यो एक्सटेन्डेड वारेन्टीले बीवाईडीको अत्याधुनिक विद्युतीय सवारी प्रविधिप्रति कम्पनीको दृढ विश्वास भएको बताए । विद्युतीय सवारीतर्फको रुपान्तरण तीव्र गतिमा अगाडि बढिरहेको समयमा, यो पहलले दीर्घकालीन विश्वास र निष्ठा निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई छ ।