काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्री गर्न लागेको छ । बैंकले एक लाख ४२ हजार पाँच सय १३ कित्ता सेयर बिक्री गर्न लागेको हो । बैंकका संस्थापक सेयरधनी शान्तराज बतासले आफ्नो नाममा रहेको सेयर बिक्री गर्न निवेदन दिएपछि बैंकले सो सेयर बिक्रीमा ल्याएको बैंकले जानकारी दिएको छ । संस्थापक सेयर बेच्न संस्थापक सेयरधनीलाई प्राथमिकता दिनुपर्ने व्यवस्थाअनुसार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका सेयरधनीहरूका लागि उक्त सेयर जारी गरिएको हो ।
बैंकका अनुसार संस्थापक सेयर खरिद गर्न चाहने इच्छुक संस्थापक सेयरधनीले १५ दिनभित्र आवश्यक कागज प्रमाण संलग्न गरी बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा आवेदन दिन सक्नेछन् ।