काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको हकप्रद सेयरको बिक्री खुला भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी दुई करोड २५ लाख २६ हजार एक सय रुपैयाँ बराबरको दुई लाख २५ हजार दुई सय ६१ कित्ता हकप्रद सेयरको बिक्री खुला गरेको हो ।
कम्पनीको चुक्तापुँजी दुई अर्ब एक करोड २३ लाख ६० हजार १९ बराबरको प्रतिसेयर अंकित मूल्य सयका दरले दुई करोड एक लाख २३ हजार छ सय छ दशमलव १९ कित्ता सेयरको २५ प्रतिशतले (विद्यमान चार कित्ता सेयर) बराबर नयाँ एक कित्ता सेयर हुन आउने प्रतिसेयर अंकित मूल्य सयका दरको ५० लाख ३० हजार नौ सय एक दशमलव ५५ कित्ता हकप्रद सेयर बिक्री खुला गरिएको थियो । जसमध्ये संस्थापक समूहतर्फको ४३ हजार सात सय ७९ दशमलव ५२ कित्ता तथा सर्वसाधारण समूहतर्फको एक लाख ८१ हजार चार सय ८१ दशमलव ८३ कित्ता गरी जम्मा दुई लाख २५ हजार दुई सय ६१ दशमलव ३५ कित्ता सेयरहरू खरिदका लागि आवेदन परेको थिएन ।
आवेदन नपरेको सेयर सर्वसाधारणका लागि यही वैशाख २१ गतेसम्म बिक्री खुला गरिएको कम्पनीले जानकारी दिएको छ । इच्छुक योग्य जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरूले प्रतिकित्ता के–कति दर रेटमा लिन कबुल गर्ने हो खुलाइ सर्तहरूको अधिनमा रही गोप्य शिलबन्दी बोलपत्र आवेदन पेस गर्ने कम्पनीले जनाएको छ ।