काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशनको नाममा अदालतको दुुरूपयोग भएको छ । एनआरएनएले एउटा पक्षलाई बाहिरै राखेर एकता अधिवेशन सम्पन्न गरेकोबाट नै अदालतको दुरुपयोग भएको देखिएको हो ।
काठमाडौंको हायात होटेलमा आइतबार सम्पन्न महाधिवेशनले महेशकुमार श्रेष्ठको नेतृत्वमा सर्वसम्मतरूपमा कार्यसमिति चयन गर्दै अधिवेशन सम्पन्न गरेपछि एनआरएनएको एउटा पक्ष बाहिर नै रहेको देखिएको छ । एनआरएनए उच्चस्तरीय समितिले आयोजना गरेको एकता महाधिवेशनमा अध्यक्षसहित सबै पदमा सर्वसम्मत कार्यसमिति चयन भएको प्रमुख निर्वाचन आयुक्त वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले जानकारी दिए । उनले निर्वाचनमा सघाउने सबैलाई धन्यवाद पनि दिए ।
नवनिर्वाचित कार्यसमितिको अध्यक्ष महेशकुमार श्रेष्ठ, उपाध्यक्ष ६ जनामा सुनिलकुमार साह, बुद्धि सागर सुवेदी, खगेन्द्र न्यौपाने, लोकप्रसाद दाहाल, मनोजकुमार श्रेष्ठ (गोर्खाली) विश्वास दीप लिम्बु (तिगेला) छन् ।
उपाध्यक्ष (महिला) जुनु गुरुङ र महासचिव बाबुराम (बीआर) लामा, सचिव चिन्तामणि सापकोटा, टंकप्रसाद गैरे र तिलकप्रसाद गैरे, कोषाध्यक्ष ठाकुरप्रसाद ढुंगाना, सचिव (महिला) देवकी खत्री गुरुङ, कोषाध्यक्ष ठाकुरप्रसाद ढुंगाना, सहकोषाध्यक्ष कृष्णप्रसाद पोखरेल र महिला संयोजक रश्मि थापा, युवा संयोजक भीमसेन थापा, एसिया प्रशान्त क्षेत्रीय संयोजक डा. बलराम श्रेष्ठ, युरोप क्षेत्रीय संयोजक प्रेमबहादुर गुरुङ, मध्यपूर्व क्षेत्रीय संयोजक रमेश श्रेष्ठ, उत्तर–दक्षिण अमेरिका क्षेत्रीय संयोजक डिलुराम पराजुली छन् । त्यस्तै, ओसेनिया क्षेत्रीय संयोजक– इर्सद अहमद, क्षेत्रीय उपसंयोजकहरूमा एसिया प्रशान्त क्षेत्रीय उपसंयोजक २ माधव पोखरेल र मीमबहादुर पुर्जा मध्यपूर्व क्षेत्रीय उपसंयोजक २, सुनिलकुमार घिमिरे र श्रीकृष्ण भट्टराई, उत्तर दक्षिण अमेरिका क्षेत्रीय उपसंयोजक २ विश्वराज बास्तोला र नरबहादुर टण्डन क्षेत्री, ओसियाना क्षेत्रीय उपसंयोजक २ रामप्रसाद कँडेल र प्रताप राना रहेका छन् । निर्वाचन समितिले महाधिवेशन स्थलमा आइतबार नै एक समारोह आयोजना गरी शपथग्रहण तथा प्रमाणपत्र वितरण गरिने जनाएको छ ।