मुस्ताङ । मुक्तिनाथ मन्दिरमा आउने दर्शनार्थीको बसाइँलाई लम्ब्याउने गरी थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा मुक्तिनाथ क्षेत्रलाई विकसित गरिनुपर्ने आवश्यकता औँल्याइएको छ ।
पर्यटकीय पदमार्ग पूर्वाधार निर्माण गरिने मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय प्रवर्द्धन गर्न सकिन्छ भनेर प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालसहितको टोलीले गत शनिबार भ्रमण समेत गरेका थिए । यहाँका तीन धार्मिक सम्पदासँग जोड्ने गरी मुक्तिनाथ क्षेत्रमा करिब चार किलोमिटर दुरीमा पदमार्ग निर्माण गर्नुपर्ने उनले बताए ।
प्रजिअ भुसालसहित मुक्तिनाथ विकास समितिका कर्मचारी रविन सुवेदी, प्रशासन कार्यालयका कर्मचारी प्रकाश पौडेल ,पूर्वाधार विकास कार्यालयका इञ्जिनीयर जगदिशचन्द्र जोशीलगायत एघार जनाको टोली रहेको थियो ।
टोलीले वैकल्पिक धार्मिक सम्पदालाई पर्यटनसँग जोड्ने लक्ष्यका साथ त्यहाँको प्रारम्भिक सम्भाव्यता अध्ययन गरेको जनाइएको छ ।