काठमाडौं । शेयर बजार परिसुचक नेप्से ओरालो लागेको छ । अघिल्लो दिन तीन दशमलव ४४ अंकले ओरालो लागेको नेप्से परिसुचक साताको दोस्रो कारोबार दिन आज सोमबार पुन नौं दशमलव ६२ अंकले ओरालो लागेर २६ सय १० दशमलव ७६ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव २४ अंकले ओरालो लागेर चार सय ४० दशमलव २५ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय १९ वटा कम्पनीहरुको ६५ हजार आठ सय ८४ पटक शेयर किनबेच भएको छ । जसबाट एक करोड ८४ लाख ३७ हजार नौं सय ४२ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम सात अर्ब ६३ करोड ४१ लाख ९३ हजार छ सय ९३ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये लघुवित्त, सामुहिक लगानी कोष र निर्जीवन बीमा उपसमुहको सुचक उकालो लागेका छन् भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य र व्यापार उपसमुहको सुचक ओरालो लागेका छन् ।