काठमाडौं । शेयर बजार परिसुचक नेप्से ओरालो लागेको छ । साताको पहिलो दिन आज आईतबार नेप्से परिसुचक ११ दशमलव ५३ अंकले ओरालो लागेर २६ सय ५० दशमलव ११ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ५७ अंकले ओरालो लागेर चार सय ४६ दशमलव ३२ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय वटा कम्पनीहरुको ८८ हजार नौं सय ५५ पटक शेयर किनबेच भएको छ । जसबाट दुई करोड ४० लाख ११ हजार १४ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम १० अर्ब २० करोड २७ लाख एक हजार तीन सय ४४ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बिकास बैंक, होटल तथा पर्यटन, जीवन बीमा, निर्जीवन बीमा र व्यापार उपसमुहको सुचक उकालो लागेका छन् भने बाणिज्य बैंक, फाईनान्स, जलबिद्युत, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य उपसमुहको सुचक ओरालो लागेका छन् ।